असोज ३, २०८३ शनिबार September 19, 2026

अझै लागेन एकताको टुंगो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भदौं ५ गतेभित्र सबै एकताको प्रक्रिया टुंग्याउने बताएको भएपनि नेकपा माओवादीले एकता प्रक्रिया टुंगोमा पु¥याउन सकेको छैन । ५ गतेभित्र एकता नहुने भएपछि पार्टीको केन्द्रीय सचिवालयले प्रदेश र जिल्ला तहको एकीकरणकालागि गठित कार्यदलहरूलाई पर्सी भदौ ७ गतेभित्र अनिवार्यरूपमा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले सबै प्रदेश तथा जिल्लामा गठित कार्यदललाईअन्तिम समयका रूपमा भदौ ७ गतेको सीमा तोकेको हो । यसअघि गत साउन २५ गतेसम्मको उक्त समयसीमा साउन मसान्तसम्म सारिएकामा ७ गतेका लागि अन्तिम समय तोकिएको छ ।

नेकपामा प्रदेश नं १ र २ का एकीकरणसम्बन्धी कार्यदलका प्रतिवेदन र कतिपय जनसंगठनका एकताको प्रतिवेदन आउन बाँकी रहेको जनाइएको छ । प्रतिवेदन ढिला भएका कारण यही भदौ ८ र ९ गतेका लागि बोलाइएको स्थायी समितिको बैठक भदौ १९ र २० गतेका लागि निर्धारण गरिएको छ ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भई नेकपा घोषणा भएको थियो । पार्टी एकता भएपनि जिल्लातह देखि नै एकताको घोषणा हुन बाँकी रहेको छ ।

पार्टीमा कसले कुन ठाउँमा नेतृत्व लिने भन्ने विषयमा पनि विवाद कायम रहेको छ । एमाले र माओवादबिीच विगतमा भएको सहमति अनुसार ६० र ४० को आधारमा एकता सँगे सबै क्षेत्रमा भागबण्डा गरिएको स्रोतले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरले दुःख दिएपछि‘तरुल’ खेती
२०८३ असोज ३, शनिबार
‘संविधानका विभेदकारी प्रावधान सच्याउन पुनर्लेखनसम्म जानुपर्छ’ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)
२०८३ असोज ३, शनिबार
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना
२०८३ असोज ३, शनिबार
संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड
२०८३ असोज ३, शनिबार
कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि वडा तहबाट सुरु
२०८३ असोज ३, शनिबार
पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
२०८३ असोज ३, शनिबार
आज कागे अष्टमी पर्व मनाइँदै
२०८३ असोज ३, शनिबार