श्रावण १८, २०८३ सोमबार August 3, 2026

बहुपति प्रथामाथिको चलचित्र ‘टुल्की’ चैत्र ३ गतेबाट देशभर प्रदर्शनमा आउने

उत्कृष्ट फिचर फिल्म तथा ‘स्क्रिन प्ले’ अवार्ड जित्न सफल चलचित्र ‘टुल्की’ हेर्न चैत्र पहिलो साता कुर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ चैत्र ३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरिएको छ।

चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई देखाइएको छ । टुल्की चलचित्रलाई हिमाली जिल्ला डोल्पामा खिचिएको हो। चलचित्रको निर्देशन देवजङ्ग थापाले र छायाँङ्कन सुसिल अधिकारि र नमराज घिमिरेले गरेका छन् ।

शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्मातामा रहेका छन्। सो चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने स्क्रिन प्ले शेखर लामाको रहेको छ । चलचित्रमा सम्पादन तारा थापा किम्भेको, पार्श्व संगीत संजिव सुब्बाको,कोरियोग्राफी लिगेश भट्टराइ र रमेश बुढाथोकीको रहेको छ।

चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाई त्रिनेत्रम डिस्ट्रिब्युसन कम्पनीले वितरण गर्नेछ।

चलचित्र ‘टुल्की’ले नेपाल ग्रामिण चलचित्र महोत्सव २०७९ मा उत्कृष्ट फिचर फिल्म तथा ‘स्क्रिन प्ले’ अवार्ड जित्न सफल बनेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया