असार ३, २०८३ बुधबार June 17, 2026

आज कांग्रेसले महासमितिको घोषणा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज बस्ने केन्द्रीय समितिको बैठकले महासमितको निर्णय गर्ने तयारी गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा जारी पदाधिकारी बैठकले महासमिति बैठकको मिति बारे प्रस्ताव तयार गर्ने नेताहरुले बताएका छन् । पदाधिकारी बैठक सकिए लगत्तै दिउसो पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।

उहाले मिति कहिले तोक्ने भन्ने विषयमा पधादिकारी बैठकले निर्णय गर्ने जानकारी दिनुभयो । कांग्रेस सभापति देउवाले हिजो पार्टीको विधान मस्यौदा समिति गठन गर्नुभएको थियो । महामन्त्री पुर्ण बहादुर खड्काको संयोजकत्वमा समिति गठन गरिएको छ ।

कांग्रेस स्रोतका अनुसार महासमिति बैठक भने दशै तिहारपछि मात्रै बोलाउने तयारी भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले सभापति देउवाले विधान मस्यौदा समिति समेत गठन नगरेको आलोचनापछि देउवाले सो समिति गठन गर्नुभएको छ भने महासमितिका लागि पनि तयारी थाल्नु भएको छ ।

पार्टी निर्वाचनमा पराजित भएपछि कांग्रेसमा महासमिति बैठक बोलाउनुपर्ने माग उठेपनि सभापतिले त्यसलाई पर सार्दे लानु भएको छ । केन्द्रीय समितिले महासमिति बोलाउने निर्णय यसअघि नै गरिसकेको थियो ।

पार्टीको हेटौंडामा सम्पन्न जिल्ला सभापतिहरुको भेलालो पनि महासमिति बोलाउन माग गरेको थियो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महासमिति बैठक तयारी, विधान र विभाग सन्दर्भ, मुलुकी ऐनको स्वामित्व र विमतिको पाटो लगायत कर आतंकका विषयमा छलफल केन्द्रीत हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शान्तिका लागि ट्रम्पसँग दक्षिण कोरियाको आग्रह
२०८३ असार ३, बुधबार
रास्वपा महाधिवेशनमा आउने पाहुनाको सम्मानमा छुट
२०८३ असार ३, बुधबार
अमेरिका–इरान सम्झौताको पूर्वसन्ध्यामा तेल ट्याङ्करहरू समुद्रमा, तनाव घट्ने संकेत
२०८३ असार ३, बुधबार
सभामुख अर्याल र बंगलादेशका राजदूतबीच भेटवार्ता
२०८३ असार ३, बुधबार
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड
२०८३ असार ३, बुधबार
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
२०८३ असार ३, बुधबार
विश्वकपमा पोर्चुगलको अभियान आजदेखि, रोनाल्डोको नजर ऐतिहासिक उपाधिमा
२०८३ असार ३, बुधबार