श्रावण १८, २०८३ सोमबार August 3, 2026

निर्देशक भट्टराईको नयाँ फिल्ममा आर्यन सिग्देल अनुबन्धित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः निर्देशक मधुसुदन भट्टराईको निर्देशन रहने नयाँ चलचित्रमा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । निर्माण पक्षले बुधबार आर्यनलाई अनुबन्ध गरेको हो ।

लक्ष्मण सुवेदी लेखक रहेको चलचित्रमा यसअघि अभिनेत्री गरिमा शर्मा फाइनल भइसकेकी छन् । चलचित्रको छायांकन फागुन पहिलो साताबाट हुने सुवेदीले बताए ।
नाम नराखिएको चलचित्रमा केही दिनअघि कलाकार मुकुन भुसाल अनुबन्धित भइसकेका छन् । चलचित्र पारिवारिक र प्रेमकथामा बन्ने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया