वैशाख ६, २०८१ बिहिबार April 18, 2024

बागमती प्रदेशमा ११ मन्त्रालय कायम हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बागमती प्रदेशमा ११ मन्त्रालय कायम हुने भएको छ। आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गरेको हो।

यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय कार्यदलले मन्त्रालय घटाउने सुझावसहित प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदनमा बागमती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियो।

माघ ११ गते अपराह्नसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । मुख्यमन्त्री जम्कट्टेलको अध्यक्षतामा यही पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया