वैशाख १२, २०८१ बुधबार April 24, 2024

कर्णाली प्रदेश माओवादी र एमालले मन्त्रीको नाम टुंलो लगाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कर्णाली प्रदेश सरकार बुधबार विस्तार हुन लागेको छ । माओवादी र एमालले मन्त्रीको नाम टुंगो लगाएपछि बुधबार साँझ ६ बजे शपथ हुन लागेको हो । नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर जिसी र भीमप्रकाश शर्मा मन्त्रीका लागि सिफारिस भएका छन्।  बुधबार पार्टीले सुर्खेतका जिसी र सल्यानका शर्माको नाम मन्त्रीका लागि सिफारिस गरेको हो।

जिसी सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (२)बाट र शर्मा सल्यान प्रदेश सभा (१)बाट निर्वाचित भएका थिए।  मुगुका मंगल शाहीलाई भौतिक पूर्वाधार  उर्जा था जलस्रोत मन्त्रालय जिम्मेवारी दिइएको छ ।

त्यस्तै नेकपा एमालले दैलेखका विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्रालय,  जुम्लाका टेकराज पछाई सामाजिक विकास मन्त्रालय , जीतबहादुर मल्ललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया