वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

राष्ट्रपति उम्मेदवार: पात्र एमालेको, रुचि माओवादीको!

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति नतोक्दै उम्मेदवार को हुने भन्ने आन्तरिक चर्चा सुरु भएको छ। सत्ता गठबन्धनमा आबद्ध दलमध्ये नेकपा एमालेका भागमा राष्ट्रपति परेकाले त्यहाँ दुई पात्र बढी नै चर्चामा छन्। राष्ट्रपति निर्वाचनमा मिति अन्योल रहेका बेला एमालेले कसलाई उम्मेदवार बनाउने भन्नेमा कौतूहलता भए पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङको नाम बढी चर्चामा छन्।

सभामुख चयनसँगै दलहरूको ध्यान राष्ट्रपति निर्वाचनतर्फ केन्द्रित भएको छ। सत्तामा भएका र बाहिर रहेका दलहरूले आफ्नो दलको प्रतिनिधित्व हुने गरी राष्ट्रपति बनाउनेतर्फ चासो दिइरहेका छन्। सत्ता गठबन्धन दलहरूले आफूबीच भएका सहमतिहरू अहिलेसम्म परिपालना गरेका कारण एमालेका तर्फबाट अघि सारिने उम्मेदवारलाई राष्ट्रपतिको निर्वाचन जित्न सहज हुने देखिएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेदवार उठाउने जनाइसकेको छ। फागुनभित्रै देशले नयाँ राष्ट्रपति पाउनुपर्ने भएकाले पनि अहिलेबाटै एमालेभित्र र बाहिर राष्ट्रपतिका लागि सम्भावित विभिन्न व्यक्तिको चर्चा सुरु भएको हो। अब बन्ने राष्ट्रपति चौथो कार्यकालका लागि चयन हुनेछन्। पहिलो कार्यकाल रामवरण यादव राष्ट्रपति पदमा आसीन रहे भने दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेकी विद्यादेवी भण्डारी अहिले तेस्रो कार्यकालका लागि राष्ट्रपति छिन्। उनको पछिल्लो कार्यकाल यही फागुनमा सकिँदैछ।

बुधबार एमाले पार्टी कार्यालयमा स्कुल विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेर बाहिरिने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचन र पात्रबारे कुनै टिप्पणी गर्न चाहेनन्। उनले सञ्चारकर्मीलाई यो विषयमा नजिस्काउन आग्रह पनि गरे। ‘यो विषयमा बारम्बर मलाई नजिस्काउनुस्,’ अध्यक्ष ओलीले भने। सभामुखको निर्वाचन सकिएपछि एमालेकै व्यक्ति राष्ट्रपति हुने तर पात्र भने अहिले नभन्ने भन्दै उनी पन्छिए। ओलीले राष्ट्रपतिमा एमालेकै उम्मेदवारमा राष्ट्रिय सहमति हुने बताउँदै आएका छन्।

सभामुख निर्वाचनका बेला एमालेले चर्चामै नआएका तर सबैले मान्ने पात्र चयन गरेको थियो । राष्ट्रपतिमा त्यही लागु हुने एमालेजनको बुझाइ छ।

यद्यपि अहिलेको अवस्थामा एमालेभित्र उपाध्यक्षहरूमध्येबाटै राष्ट्रपतिमा जाने सम्भावना रहेको बताइन्छ। एमाले स्रोतका अनुसार अहिलेको अवस्थामा वरिष्ठमध्येबाटै राष्ट्रपतिका लागि पठाइनेछ। ‘वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङकै बढी चर्चा छ। उहाँहरूभन्दा बाहिर गए अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीसम्म पनि चर्चा हुने गरेको छ। तर सम्भावना पोखरेल र नेम्वाङमध्ये एक हो,’ एमाले स्रोतको दाबी छ। तर पोखरेल र नेम्वाङबीच राष्ट्रपतिमा को हुने भन्ने विवाद भए अहिलेसम्म चुपचाप बसिरहेकी अष्टलक्ष्मी शाक्यलाई अघि सार्ने सम्भावना पनि रहेको स्रोतको दाबी छ।नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ – अध्यक्ष नेपाल
२०८१ वैशाख १५, शनिबार
धरौटी बुझाएपछि रिहा भए दिपेश पुन
२०८१ वैशाख १४, शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
२०८१ वैशाख १४, शुक्रबार
संसद्लाई प्रभावकारी बनाए मात्र सङ्घीयता कार्यान्वयनमा सहजता : सभामुख
२०८१ वैशाख १४, शुक्रबार
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
२०८१ वैशाख १४, शुक्रबार
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
२०८१ वैशाख १४, शुक्रबार