श्रावण १८, २०८३ सोमबार August 3, 2026

शाहरुख र दीपिका सहकार्य, बक्सअफिसमा सधैं अब्बल

‘जब शारुख खान र दीपिका पादुकोण एकापसाम भेट्छन्, तब रेकर्ड ब्रेक हुन्छ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बहुप्रतिक्षित फिल्म ‘पठान’ गत जनवरी २५मा रिलिज भयो । रिलिजसँगै फिल्मले बक्सअफिसमा ब्लकबस्टर व्यापार गरिरहेको छ । थिएटरका टिकट घरमा ऐतिहासिक टिकट बिक्री हुने क्रम जारी छ । फिल्मले भारतको गणतन्त्र दिवसका दिन ७० करोडको व्यापार गर्यो ।

यो व्यापारले अभिनेता शाहरुख खान वर्तमान समयमा पनि बलिउडको सुपरस्टारमध्ये एक हुन् भन्ने प्रमाणित गरेको छ । यतिमात्र होइन, अभिनेत्री दीपिका पादुकोणसँगको शाहरुखको सहकार्य बक्सअफिसका लागि सफल र ऐतिहासिक रहेको पनि प्रमाणित गरिसकेको छ ।

यी दुई आकर्षक कलाकारले सन् २००७ मा फिल्म ‘ओम शान्ति ओम’मा सहकार्य गरेका थिए । दीपिकाका लागि यो फिल्म डेब्यू थियो । यो फिल्मले तत्कालीन समयमा सँगै रिलिज भएको फिल्म ‘सावरिया’सँग जुध्दा पनि ५ दशमलब ५३ करोडको एकदिनको कमाई गरेको थियो ।

त्यो समयमा ‘ओम शान्ति ओम’ले सप्ताहन्त २१ दशमलब ४७ करोडको व्यापार गरेको थियो । यसको लाइफटाइम कमाई ७८ दशमलब १७ करोड थियो । जबकि शाहरुखकै अभिनय रहेको सन् २००६ को फिल्म ‘धुम २’को लाइफटाइम कलेक्सन ८१ दशमलब ०१ करोड छ ।

६ वर्षपछि शाहरुख र दीपिका फिल्म ‘चेन्नाइ एक्सप्रेस’मा जोडिए । फिल्ममा दीपिकाको मिनाम्मा चरित्रलाई दर्शकले अहिले पनि सम्झन्छन् । रोहित शेठ्ठी निर्देशित फिल्म ‘चेन्नइ एक्सप्रेस’को रेकर्ड ओपनिङ व्यापार ३३ दशमलब १२ करोड थियो । यसको सप्ताहन्त व्यापार १ सय दशमलब ४२ करोड थियो । यो फिल्म रिलिजको साढे ३ वर्षपछि मात्र आमिर खानको फिल्म ‘३ इडियट्स’ले त्यसमा ब्रेक लगायो ।

त्यसको एक वर्षपछि सन् २०१४ मा फिल्म ‘ह्याप्पी न्यू इयर’ बन्यो । यसमा प्रमुख अभिनेत्रीको रुपमा दीपिका नै थिइन् । फिल्मले ओपनिङ ४४ दशमलब ९७ करोडबाट गरेको थियो ।

अहिले ‘पठान’ले पनि यही समानता पाइरहेको छ । फिल्म एक्सन फ्लेभरको भए पनि दीपिका र शाहरुखको प्रेमले दर्शकलाई मोहित बनाएको छ । बलिउडमा अहिले एउटा भनाई खुबै चर्चामा छ । ‘जब शारुख खान र दीपिका पादुकोण एकापसाम भेट्छन्, तब रेकर्ड ब्रेक हुन्छ’ भन्ने भनाई लोकप्रिय बनिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई मुख्यमन्त्री आचार्यको निर्देशन
२०८३ श्रावण १८, सोमबार
सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु
२०८३ श्रावण १८, सोमबार
प्रदेश प्रमुख भट्टद्वारा गाँजासम्बन्धी विधेयक प्रमाणीकरण
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता
२०८३ श्रावण १८, सोमबार
पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई सीआईबीको फन्दामा
२०८३ श्रावण १८, सोमबार
नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै
२०८३ श्रावण १८, सोमबार