श्रावण ३१, २०८३ आइतबार August 16, 2026

प्रेमप्रसाद आचार्य मृत्यु प्रकरण : भाटभटेनी सञ्चालकसँग प्रहरीले लियो बयान

भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौँमा गएर करिब ३ घण्टा बयान दिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रेमप्रसाद आचार्यले आफैँलाई पेट्रोल छर्केर आत्मदाह गरेको घटनामा प्रहरीले भाटभटेनीका सञ्चालकसँग सोधपुछ गरेको छ । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौँमा गएर करिब ३ घण्टा बयान दिएका हुन् ।

माघ १० मा संसद् भवन अगाडी आफैँलाई जलाएका प्रेम प्रसादको भोलिपल्ट कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको थियो । मृत्युअघि उनले उठाएका विषय छानबिन गर्न मन्त्रिपरिषद्को निर्णय अनुसार गृह मन्त्रालयले प्रहरीलाई जिम्मा दिएको छ ।

आचार्यले उधारोमा समान लिएर भाटभटेनीले लामो समय पैसा नदिने र सो रकम घुमाएर आफैँले नाफा कमाउने गरेको आरोप लगाएका थिए । ६ हजार भन्दा लामो फेसबुक स्ट्याटसमा भाटभटेनीले आफ्नो उत्पादनको पैसा नदिएको उल्लेख गरेका छन् ।

प्रहरीले नक्साल स्थित शान इन्टरनेशनल कलेसँग पनि बयान लिएको छ । टुर प्याकेज गराएको ९० हजार रकम सो कलेजले नदिएको आचार्यले आफ्नो स्ट्याटसमा उल्लेख गरेका छन् । ‘शान इन्टरनेशलले ५ लाखको टुर प्याकेज गराउँदा ३ लाख एडभान्स दिएर अरू दिन आनाकानी गर्थे’ आचार्यले लेखेका छन्-‘भर्ना टाइममा आउनु दिन्छौँ भने तर, मेरो ९० हजार अझै लिन बाँकी छ ।’

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले रातोपाटीलाई बताए । उनले भने-‘केही ठाउँमा पत्राचार गरेका छौँ ।’ सामाजिक सञ्जालमा उठाएका विषय छानबिन गृह गृह मन्त्रालयका सह-सचिव नारायण प्रसाद रिसालको नेतृत्वमा ६ सदस्यीय समिति पनि गठन गरिएको छ । अर्थ मन्त्रालयका उप-सचिव, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उप-सचिव सहित समितिमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि पनि सदस्य छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार