श्रावण ३१, २०८३ आइतबार August 16, 2026

लायन्स ‘डिस्ट्रिक्ट ३२५ के’ नेपालको तेस्रो क्याविनेट मिटिङ बागलुङमा हुँदै

तेस्रो क्याबिनेट मिटिङमा काठमाण्डौं, पोखरा र धौलागिरी क्षेत्रका ७ सय भन्दा बढी लायन्सकाे सहभागिता रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लायन्स क्लब्स् अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको बाग्लुङमा हुन गईरहेको तेस्रो क्याबिनेट मिटिङ बागलुङमा हुने भएको छ । भोलि माघ २० गते शुक्रबार र २१ गते शनिबार बाग्लङुमा हुन गइरहेकाे उक्त क्याबिनेट मिटिङकाे गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले समुद्घाटन गर्ने भएका छन् ।

लायन्स अन्तराष्ट्रियका आईडी ईन्डोर्सी लायन बालकृष्ण बुर्लाकोटीको विशेष आथित्यतामा हुने डिस्ट्रिक्ट ३२५ के नेपालका डिस्ट्रिक गर्भनर लायन राजेन्द्र बाटाजुले बताए ।

याे मिटिङमा डिस्ट्रिक्ट ३२५ के नेपालले हालसम्म गरेका कार्यहरूकाे जानकारी गराउने र भावी कार्ययाेजना बारेमा छलफल गरिने बताइएकाे छ ।

बाग्लुङमा हुन गईरहेको यो क्याबिनेट मिटिङमा काठमाण्डौ, पोखरा र धौलागिरी क्षेत्रका ७ सय भन्दा बढी लायन्सकाे सहभागिता रहने क्याबिनेट सेक्रेटरी लायन मिनराज काफ्लेले बताएका छन ।

तेस्रो क्याबिनेट मिटिङ सम्पन्न गर्नका लागी बाग्लुङका सम्पूर्ण लायन्स क्लबहरू स्थानीय आयोजक भएर विभिन्न उपसमितिमा रहेर तयारीमा जुटिरहेको र डिस्ट्रिक्टले समन्वय गरिरहेकाे क्याविनेट ट्रेजरर् लायन मदनकुमार मुल्मीले बताए ।

तेस्रो क्याबिनेट मिटिङको तयारी लगभग पुरा भएको र अाजसम्म प्रि रजिष्ट्रेसनकाे समय रहेकाेले लायन साथीहरूलाइ समयमै नाम दर्ता गराउन कार्यक्रम संयोजक लायन दुर्गा कुँवरले अनुराेध गरेका छन ।

यो कार्यक्रमले देशभरका लायन्सहरुबिच फेलोशीप बढाउने र धौलागिरी क्षेत्रकै पर्यटन प्रवर्धन गर्ने हुनाले यसले समग्र बाग्लुङबासीलाई नै उत्साहित बनाएको लायन काजीमान गुरूङले बताए ।

लायनवर्ष २०२२ -२०२३ मा डिस्ट्रिक्ट ३२५ के नेपालले सर्भिस फेलोशीप र लिडरशीपका विभिन्न कार्यक्रमहरु गर्दै लायन सदस्यहरूलाइ क्रियाशिल बनाएर नेपालका अन्य डिस्ट्रिक्टकाे तुलनामा अग्रणी र सक्रिय डिस्ट्रिक्ट बनिरहेको छ।

डिस्ट्रिक गर्भनर लायन राजेन्द्र बाटाजुले याे बर्ष घाेषणा गरिएका सबै कार्यक्रमहरु लायन्स साथीहरुको सक्रियताले सफलतापुर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै अहिलेकाे लायन वर्षलाई ऐतिहासिक वर्ष बनाउनेतर्फ क्रियाशील रहन सबैलाइ आग्रह गरेका छन । साथै तेस्रो क्याबिनेट मिटिङमा सक्रिय सहभागिताका लागी डिस्ट्रिक गर्भनर बाटाजुले अनुराेध समेत गरेका छन ।

यही डिष्ट्रिक्टका लायन लिडर बालकृष्ण बुर्लाकाेटी आगामी जुलाइमा अमेरिकाकाे बाेष्टनमा हुने इन्टरनेशनल कन्भेन्सनबाट इन्टरनेशनल डाइरेक्टर बन्दैछन । साथै डिस्ट्रिक्ट ३२५ के नेपालकाे पहिलाे डिस्ट्रिक्ट कन्भेन्सन समेत अाउदाे चैत ४ गते पाेखरामा हुदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार