श्रावण ३१, २०८३ आइतबार August 16, 2026

पक्राउ परेका सांसद चौधरीलाई अदालत पेश गरिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: प्रहरी हिरासतमा रहेका सांसद अरुणकुमार चौधरीलाई जिल्ला अदालत कैलालीमा पेश गरिने भएको छ । कैलालीका प्रहरी प्रवक्ता एवं डिएसपी बेदप्रकाश जोशीले आज सांसद चौधरीलाई जिल्ला अदालतमा पेश गरिने बताउनु भयो । उहाँलाई प्रहरी हिरासतमा राखिएको छ, अदालत समय भित्रै पेश गर्ने तयारी छ, डिएसपी जोशीले भन्नुभयो । बाँकेबाट पक्राउ परेका चौधरीलाई प्रहरीले हिजो साँझ जहाजमार्फत धनगढीमा ल्याएको थियो ।

चौधरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको बताइएको छ । जिल्ला अदालतले २०७० वैशाख ९ गते ट्याक्टर आगजनी मुद्दामा दोषी ठहर गर्दै सांसद चौधरी सहित तीन जनालाई ६ महिना कैदको फैसला सुनाएको थियो । त्यस यता चौधरी फरार सुचीमा रहेका थिए । कैलाली क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरी नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य हुनु हुन्छ । २०६७ साल भदौ ३ गते चौधरी सहित परशुराम चौधरी र वीरबहादुर चौधरी विरुद्ध अदालतमा मुद्दा दायर गरिएको थियो ।

यसैबिच सरकार र तत्कालीन आन्दोलनरत ९थरुहटरथारुवान० पक्ष बिच भएको सम्झौता विपरीत सांसद चौधरीलाई पक्राउ गरिएको भन्दै नागरिक उन्मुक्तिले तत्काल रिहाइ गर्न माग गरेको छ । पार्टीका प्रवक्ता दामोदर पण्डितले सम्झौता अनुसार मुद्दा खारेजी भएको अवस्थामा सांसद चौधरीलाई पक्राउ गरिएकोप्रति आपत्ति प्रकट गर्दै २४ घण्टा भित्र रिहाइ गर्नु पर्ने बताउनुभयो । सांसद चौधरी पक्राउ घटनापछि नागरिक उन्मुक्तिका अध्यक्ष रन्जिता श्रेष्ठ धनगढी पुग्नु भएको छ । प्रहरीका अनुसार अध्यक्ष श्रेष्ठ हिजो सांसद चौधरीसँगै जहाजमार्फत काठमाडौंबाट धनगढीमा आउनु भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार