वैशाख ८, २०८१ शनिबार April 20, 2024

च्याम्पियनमा आमिर र सलमानको जुगलबन्दी

आमिरले निर्माण गर्न लागेको फिल्म ‘च्याम्पियन्स’मा सलमान प्रमुख भूमिकामा देखिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः करिब २९ वर्ष अघि सन् १९९४ मा रिलिज फिल्म ‘अन्दाज अपना अपना’मा आमिर खान र सलमान खानको कमेडी जुगलबन्दीलाई दर्शकले निकै रुचाएका थिए । उनीहरुको अभिनय, कमेडी, कमिक टाइमिङ उत्कृष्ट थियो । अब यो जोडी पुनः दर्शकमाझ आउने भएको छ ।

आमिरले निर्माण गर्न लागेको फिल्म ‘च्याम्पियन्स’मा सलमान प्रमुख भूमिकामा देखिँदैछन् । आमिरले अभिनय नगर्ने यो फिल्म स्पेनिस फिल्मको हिन्दी रिमेक हो । यसअघि आमिरले हलिउड फिल्म ‘द फरेस्ट गम्प’ को हिन्दी रिमेक ‘लाल सिंह चड्डा’ बनाए पनि बक्सअफिसमा यो फिल्म असफल भइसकेको छ ।

आमिर ‘लाल सिंह चड्डा’ पछि ‘च्याम्पियन’ बनाउने तयारीमा थिए । तर बक्सअफिसमा ‘लाल सिंह चड्डा’ फ्लप भएपछि आमिरले अभिनयबाट नै ब्रेक लिए । आमिर अब अभिनय भन्दा पनि निर्माणबाट भाग्य चम्काउन चाहन्छन् । त्यहीकारण सलमानलाई लिएर उनले ‘च्याम्पियन’ बनाउन लागेका हुन् ।

आमिर खान प्रोडक्सनको व्यानरमा बन्ने फिल्ममा आरएस प्रसन्नाको निर्देशन रहनेछ । फिल्मका लागि आमिरले सलमानसँग प्रारम्भिक छलफल गरिसकेका छन् । आमिरले आरएससँग मिलेर ६ महिनाअघिदेखि स्क्रिप्टको काम गरिरहेका छन् । ‘लार्जर देन लाइफ ड्रामा’ शैलीमा बन्ने फिल्मका लागि सलमान नै उपयुक्र्त हुनेमा आमिर ढुक्क छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया