चैत्र १९, २०७९ आइतबार April 2, 2023

ब्लकब्लस्टर हुदैँ शाहरुखको पठानले कमायो ७८० करोड

शाहरुख खानको फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः शाहरुख खानको फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ। यशराज फिल्म्सले पठान फिल्मको कमाइको नयाँ तथ्यांक सार्वजनिक गरेको छ।

यशराज फिल्म्सका अनुसार पठान फिल्मले नौ दिनमा नै ७८० करोड कमाएको हो। फिल्मले अहिलेसम्म भारतमा ४८१ करोड र विदेशमा २९९ करोड कमाइसकेको हो।

पठानमा शाहरुखको साथमा दिपिका पादुकोण, जोन अब्राहमलगायतले अभिनय गरेका छन । एशराज फिल्मसको ब्यानरमा बनेको शाहरुख अभिनित चलचित्र पठानले वलिउडमा आशा देखाएको फिल्मकर्मीहरुले टिप्पणी गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया