श्रावण १८, २०८३ सोमबार August 3, 2026

नाजिरको ‘मायामा यस्तो किन ?’ {सार्वजनिक}

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अभिनेता नाजिर हुसेन र कविता रायाको अभिनय रहेको म्यूजिक भिडियो ‘मायामा यस्तो किन ?’ सार्वजनिक गरिएको छ । विक्रम चौहानले निर्देशन गर्नुभएको भिडियोमा एलिना चौहानको स्वर सुन्न सकिन्छ ।

सार्वजनिक गीतको भिडियोमा नाजिर र कविताको प्रेमसँगै विछोड तथा मिलन प्रस्तुत गरिएको छ । गीतको शब्द रचना तथा सङ्गीत नरेश जोगीले तयार पार्नुभएको हो ।

गणेश चौधरीको सङ्गीत संयोजन रहेको भिडियोमा निर्देशक चौहान स्वंयमको कोरियोग्राफी छ । पिके फिल्स्को ब्यानरमा निर्माण भएको भिडियोमा नवराज उप्रेती एण्ड टिमको छायांकन, कलर तथा सम्पादन मिलन विश्वकर्माको छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया