वैशाख १५, २०८१ शनिबार April 27, 2024

‘जनयुद्ध दिबस’को बिदा भए पनि परराष्ट्र मन्त्रालय भने खुल्ला रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १ फागुनलाई जनयुद्ध दिवस मनाउने निर्णय गरे पनि परराष्ट्र मन्त्रालय भने खुल्ला रहने भएको छ ।

भारतीय बिदेश सचिव बिनय मोहन क्वात्राको परराष्ट्र मन्त्रालयमा सचिवस्तरीय छलफल तथा परराष्ट्र मन्त्री बिमला राईसँग द्धिपक्षिय भेटघाट यसअघि नै तय भएको भन्दै परराष्ट्र मन्त्रालय भने खुल्ला रहने भएको हो ।

‘सोमबार परराष्ट्र मन्त्रालय खुल्ला रहनेछ, अरु मन्त्रालयको के हुन्छ थाहा छैन्’ परराष्ट्र मन्त्री बिमला राईले सञ्चारकर्मीको प्रतिक्रियामा भनेकी छिन ।

भारतीय बिदेश सचिव क्वात्रा दुई दिने नेपाल भ्रमणका लागि एअर इन्डियाको फ्लाइटवाट बिहान ११ बजे काठमाडौं ओर्लदै छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया