वैशाख ११, २०८१ मंगलबार April 23, 2024

राष्ट्रपति भण्डारी र सभामुख घिमिरेबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयु) बैठकबारे जानकारी गराएका छन् ।

आईपीयुको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख घिमिरे २६ फागुनमा  बहराइन प्रस्थान गर्ने कार्यक्रम छ ।
आईपीयु बैठक २७ फागुनदेखि १ चैतसम्म बहराइनको मनामा हुँदै छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया