श्रावण १२, २०८१ शनिबार July 27, 2024

समितिका सभापतिको निर्वाचन स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
  1. काठमाडौं । आज गर्नै भनिएको प्रतिनिधिसभा अन्तर्गतका १० वटा समितिका सभापतिकोनिर्वाचनसम्बन्धी पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको छ ।

नर्वाचनको पूर्वनिर्धारितकार्यक्रमअनुसार आज शनिबार बिहान ११ देखि दिउँसो ५ बजेसम्म प्रस्तावदर्ता गर्ने, भदौ १७ गते बिहान ११ बजेदेखि प्रारम्भ हुने समितिको बैठकमा प्रस्तावकले प्रस्तावप्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्नकार्यक्रम रहेको थियो ।

बिमेस्टेक सम्मेलनका कारण भन्दै यसलार्य स्थगित गरिएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीद्वारा जारी सूचनामा

सभामुखको निर्देशनमा अर्काे सूचना प्रकाशित नभएसम्म समितिका सभापति चयनसम्बन्धीनिर्वाचनका पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको उल्लेख छ ।

प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य, सार्वजनिक लेखा, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता, कानून, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि समिति रहेका छन् ।

स्रोतका अनुसार समितिको सभापतिमा भागबण्डा मिल्न समय लागेकाले आजको निर्वाचन स्थगित भएको हो । प्रधानमन्त्रीसहित नेताहरु सम्मेलनमा केन्द्रीत भएकाले यसबारेमा छलफल हुन पाएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार