श्रावण १८, २०८३ सोमबार August 3, 2026

राजु लामाको स्वरमा ‘हरियो भन्नु’ सार्वजनिक (भिडियो)

गीतको भिडियोमा गायक राजु लामा र नायिका मिरुना मगरको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनकवि केशरी धर्मराज थापाको शब्द ,सगीत र स्वरमा रहेको चर्चित गीत ‘हरियो भन्नु’लाइ पुन :रेकर्ड गरी सार्वजनिक गरिएको छ ।

चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका गायक राजु लामाको सुमधुर स्वरमा ल्याइएको गीतमा पहिला भन्दा थोरै परिमार्जन गरी फिमेल भोकल पनि थपिएको छ ।

गीतमा फिमेल भोकलको लागि गीतकार मन्दिरा ढुंगेलले शब्दरचना गर्नु  भएको छ भने तारा श्रीस मगरको स्वर रहेको छ ।

जनकवि केशरी धर्मराज थापाप्रति श्रद्धा सुमन अर्पण गर्दै उँहाकाे संझनामा याे गीतलाई फेरि रेकर्ड गरिएकाे हाे ।

उँहाको परिवारकाे सहमतिमा म्युजिक  नेपालले याे गीतलाइ पुन: रेकर्ड गरी बजारमा ल्याइएको म्यूजिक नेपालले जनाएको छ ।  गीतको भिडियोमा गायक राजु लामा र नायिका मिरुना मगरको अभिनय रहेको छ ।

सोनाम पाख्रिनको परिकल्पना र निर्देशनमा बनेको भिडियोमा राजेश घिमिरेको सिनेमाटोग्राफी र विकाश दाहालको सम्पादन रहेको छ ।

जनकवि केशरी धर्मराज थापाका परिवारकाे तर्फबाट उहाँका छाेरा मदनराज थापाले आज भन्दा ७० बर्ष अगाडी रेकर्ड गरिएको याे लोकप्रिय गीत अहिलेको युवापुस्तालाई पुन : परिचित गराउन र अग्रज स्रष्टा र उँहाहरूकाे सृजनाबारे के कस्ताे धारणा र प्रतिकृया छ भन्ने जान्नको लागि पनि ल्याइएको बताउनु भयो ।

‘हरियो भन्नु’ गीत बि.स. २०१० सालमा कलकत्तामा रेकर्ड गरिएको थियो  ।

भिडियो हेर्नुहोस् :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया