कार्तिक १५, २०८३ आइतबार November 1, 2026

राजु लामाको स्वरमा ‘हरियो भन्नु’ सार्वजनिक (भिडियो)

गीतको भिडियोमा गायक राजु लामा र नायिका मिरुना मगरको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः जनकवि केशरी धर्मराज थापाको शब्द ,सगीत र स्वरमा रहेको चर्चित गीत ‘हरियो भन्नु’लाइ पुन :रेकर्ड गरी सार्वजनिक गरिएको छ ।

चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका गायक राजु लामाको सुमधुर स्वरमा ल्याइएको गीतमा पहिला भन्दा थोरै परिमार्जन गरी फिमेल भोकल पनि थपिएको छ ।

गीतमा फिमेल भोकलको लागि गीतकार मन्दिरा ढुंगेलले शब्दरचना गर्नु  भएको छ भने तारा श्रीस मगरको स्वर रहेको छ ।

जनकवि केशरी धर्मराज थापाप्रति श्रद्धा सुमन अर्पण गर्दै उँहाकाे संझनामा याे गीतलाई फेरि रेकर्ड गरिएकाे हाे ।

उँहाको परिवारकाे सहमतिमा म्युजिक  नेपालले याे गीतलाइ पुन: रेकर्ड गरी बजारमा ल्याइएको म्यूजिक नेपालले जनाएको छ ।  गीतको भिडियोमा गायक राजु लामा र नायिका मिरुना मगरको अभिनय रहेको छ ।

सोनाम पाख्रिनको परिकल्पना र निर्देशनमा बनेको भिडियोमा राजेश घिमिरेको सिनेमाटोग्राफी र विकाश दाहालको सम्पादन रहेको छ ।

जनकवि केशरी धर्मराज थापाका परिवारकाे तर्फबाट उहाँका छाेरा मदनराज थापाले आज भन्दा ७० बर्ष अगाडी रेकर्ड गरिएको याे लोकप्रिय गीत अहिलेको युवापुस्तालाई पुन : परिचित गराउन र अग्रज स्रष्टा र उँहाहरूकाे सृजनाबारे के कस्ताे धारणा र प्रतिकृया छ भन्ने जान्नको लागि पनि ल्याइएको बताउनु भयो ।

‘हरियो भन्नु’ गीत बि.स. २०१० सालमा कलकत्तामा रेकर्ड गरिएको थियो  ।

भिडियो हेर्नुहोस् :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विप्लवबाट अलग भएको उमा भुजेल नेतृत्वको पार्टी नेपाली कम्युनिस्ट पार्टीमा मिसिँदै
२०८३ कार्तिक १५, आइतबार
लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा
२०८३ कार्तिक १५, आइतबार
NPL 2026 : Janakpur defeat Pokhara by 9 runs
२०८३ कार्तिक १५, आइतबार
‘अब देशले अस्थिरता र उथलपुथल थेग्न सक्दैन’ : पूर्वप्रधानमन्त्री भट्टराई
२०८३ कार्तिक १५, आइतबार
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार