श्रावण १८, २०८३ सोमबार August 3, 2026

‘चट्ट मायालु’ मा सकिसँग आकाश र पुष्पको रोमान्स (भिडियो सहित)

गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको ‘चट्ट मायालु’ अफिसियल युट्युव च्यानल सकि इटानी मार्फत सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः चर्चित गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वर रहेको नयाँ गीत ‘चट्ट मायालु’ सार्वजनिक भएको छ । रविमान सिंह बस्न्यातको शब्द, टिका बन्जनको संगीत रहेको गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन् ।

रोमान्टिक डान्सिङ शैलीमा तयार गरिएको गीतमा एक प्रेमीले प्रेमीकाको सौन्दर्यको बर्णन गरेका छन्, भने प्रेमीकाले प्रेमीको ह्याण्डसम भनेर प्रसंसा गरेकी छन् ।

निकै तामझाम सहित निर्माण भएको भिडियो निकै आकर्षक बनेको छ । जसमा अभिनेता आकाश श्रेष्ठ, पुष्प बहादुर खड्का, जीवन गिरीको साथमा मोडल सकि इटानीको अभिनय छ ।

भिडियोमा सकिसँग आकाश र पुष्पपछि लागेको समेत देखाइएको छ । थुप्रै म्युजिक भिडियो अभिनय गरिसकेकी मोडल सकिको भिडियोको अन्त्यमा अभिनेता जीवन गिरीसँगको प्रेम सम्बन्ध देखाइएको छ ।

मिष्टर वसिन नेपाल समेत रहेका अभिनेता जीवन र सकिको जोडी परफेट देखिन्छ । भिडियोमा सकिको नृत्यले समेत दर्शकको मनमा गहिरो छाप छोड्नसक्छ ।

भिडियोका निर्देशक शिव विक हुन् । रोशन भुसालको छायांकन रहेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

भिडियो मोडल सकिको अफिसियल युट्युव च्यानल सकि इटानी मार्फत सार्वजनिक भएको हो । सकि इन्टरटेनमेन्टबाट सार्वजनिक भएको गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

भिडियोमा हेर्नुहोस्ः

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया