कार्तिक १५, २०८३ आइतबार November 1, 2026

उमेश भट्टको ‘कतै म हराएँ कि ?’ म्यूजिक भिडियोमा मिस पवी र उमेशको रोमान्स

गायक सुमन केसी र गायिका अनु चौधरीको स्वर रहेको ‘कतै म हराएँ कि ?’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गायक सुमन केसी र गायिका अनु चौधरीको स्वर रहेको ‘कतै म हराएँ कि ?’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । विष्णु भण्डारीका शब्द, सरोज पोखरेलको संगीत रहेको सार्वजनिक गीतमा टिकटक स्टार मिस पवी र ह्याण्डसम मोडल तथा नायक उमेश भट्टको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

नेपालकै सुन्दर नगरी इलाममा छायांकन गरिएको भिडियोमा उमेरसँग मिस पवी रोमान्टिक देखिएकी छिन् । वैँशालु उमेरमा प्रेममा परेको एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक उमेश भट्टले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । जसको कोरियोग्राफी राजिव समरले गरेका हुन् ।

युवा उद्यमीसमेत रहेका मोडल उमेशको यो डेब्यु निर्देशन हो । उनको केही समयअगाडि मात्रै केकी अधिकारीसँग अभिनय रहेको सान्बाबु बोलको गीतको भिडियो रिलिज भएको थियो । त्यसअघि उनको लुकिछिपी बोलको गीतको भिडियोले चर्चा कमाएको थियो । उमेशले भोजपुरी फिल्म प्रेम गीतमा पनि शीर्ष भूमिकामा काम गरिसकेका छन् ।

सुप्रिम पराजुलीको सम्पादन, अनिल के मानन्धरको छायांकन रहेको गीतमा दिवेश राईको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ र मास्टरिगं रहेको आशमान मोसन पिक्चर्सबाट बजारमा आएको हो । उमेशका आधा दर्जन भिडियो आउने क्रममा रहेका छन् ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विप्लवबाट अलग भएको उमा भुजेल नेतृत्वको पार्टी नेपाली कम्युनिस्ट पार्टीमा मिसिँदै
२०८३ कार्तिक १५, आइतबार
लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा
२०८३ कार्तिक १५, आइतबार
NPL 2026 : Janakpur defeat Pokhara by 9 runs
२०८३ कार्तिक १५, आइतबार
‘अब देशले अस्थिरता र उथलपुथल थेग्न सक्दैन’ : पूर्वप्रधानमन्त्री भट्टराई
२०८३ कार्तिक १५, आइतबार
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार