वैशाख १५, २०८१ शनिबार April 27, 2024

संघीय निजामती सेवा ऐनसम्बन्धी उल्झन : २ प्रधानमन्त्री र ६ मन्त्रीले ल्याउन नसकेको कानुन अब आउला र ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मुलुकको स्थायी सरकार हाँक्ने प्रशासन कानुन चालु अधिवेशनबाटै ल्याउने प्रतिवद्धता जनाए पनि आम कर्मचारीवृत्त भने आश्वस्त हुन सकेको छैन । संविधान जारी भएलगत्तै आउनुपर्ने संघीय निजामती सेवा ऐन ७ वर्षदेखि आउन सकेको छैन । जसका कारण स्थायी सरकार भनेर चिनिने निजामती प्रशासन पुरानै कानुनबाट सञ्चालन हुन बाध्य छ । अहिलेको प्रशासन ३० वर्षअघि बनेको निजामती सेवा ऐन र नियमावलीका आधारमा चलिरहेको छ जुन संघीय शासन प्रणालीको मर्मविपरीत छ ।

यसो त यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि विभिन्न कार्यक्रममा मन्तव्य व्यक्त गर्दै धेरैपटक संघीय निजामती सेवा ऐन ल्याउने वचन दिनुभएको थियो । झण्डै डेढ वर्ष शासन सञ्चालन गरेका देउवा वचन गरेअनुसार संघीय निजामती सेवा ऐन ल्याउन असफल हुनुभएको थियो । त्यसअघि ३ वर्ष शासन सञ्चालन गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संघीय निजामती सेवा ऐन आवश्यक भएको भन्दै छिटो ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभए पनि ऐन ल्याउन भने उहाँ पनि असफल नै रहनुभयो ।

यद्यपि, संघीय निजामती सेवा ऐन ल्याउन प्रमुख भूमिका खेल्ने तालुक मन्त्रालय भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हो । यो मन्त्रालयको मुख्य काम नै संघीय निजामती सेवा ऐन ल्याउनु भएपनि विगत सात वर्षको अवधिमा मन्त्रालयको प्रमुख जिम्मेवारीमा आएका ६ मन्त्रीहरू सो जिम्मेवारी पूरा गर्न असफल भए । त्यस अवधिमा लालबाबु पण्डित, हृदेश त्रिपाठी, गणेशसिंह ठगुन्ना, गणेश पहाडी, लीला श्रेष्ठ र राजेन्द्र श्रेष्ठ मन्त्री बने पनि उनीहरूको पालामा पनि संघीय निजामती सेवा ऐन जारी हुन सकेन । यद्यपि गणेश ठगुन्ना, गणेश पहाडी र लीला श्रेष्ठ भने छोटो समयका लागि मात्रै मन्त्री बन्न पाउनुभएको थियो । पण्डित, त्रिपाठी र राजेन्द्र श्रेष्ठले लामै अवधि मन्त्री खाए पनि उहाँहरू पनि ऐन जारी गराउन सफल हुनुभएन ।

अहिले संविधान जारी भएपछि दोस्रोपटक भएको निर्वाचन पछि प्रधानमन्त्री बनेका प्रचण्डले पटकपटक संघीय निजामती ऐन ल्याउने जनाए पनि उहाँको प्रतिवद्धता पनि पुर्व प्रधानमन्त्रीद्वय ओली र देउवाकै जस्तो खेर जाने त होइन भन्ने प्रश्न कर्मचारी वृत्तमा गर्न थालिएको छ । ‘हरेक जसो प्रधानमन्त्री आउनासाथ संघीय निजामती सेवा ऐन ल्याउने प्रतिवद्धता व्यक्त गर्छन् तर सोही अनुसारको आन्तरिक गृहकार्य प्रभावकारी रूपमा गर्दैनन्, त्यसैले उनीहरूको वचन खेर जाने गरेको हो ।’सरकारका एक सचिवले नेपाल समाचारपत्रसँग भने । राजनीतिक नेतृत्वले प्रशासन सुधारका लागि भित्रि रूपमा पहल नगर्नाले यस्तो समस्या आउने गरेको ती सचिवको दावी छ । उनले भने– ‘राजनीतिक नेतृत्व प्रशासन प्रणालीमा आएर गतिका साथ सञ्चालन होस भन्ने चाहँदैन, उ प्रशासन कमजोर होस् र प्रशासनमाथि आफूहरू हाबी भइरहन पाइयोस् भन्ने चाहन्छ , त्यसैले पनि प्रशासन कानुन अझै पनि अन्यौलमा नै छ ।’

प्रधानमन्त्री प्रचण्डले पनि भाषणमा संघीय निजामती सेवा ऐन ल्याउने प्रतिवद्धता व्यक्त गरे पनि व्यवहारमा सोही अनुसारको तदारुकता देखाउन नसकेको बताइन्छ । यद्यपि, हालका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले भने आफूले संघीय निजामती सेवा विधेयक अघि बढाउन सफल भएको दाबी गर्नुभएको छ । सो विधेयकलाई कानुन मन्त्रालय र अर्थ मन्त्रालयमा राय र स्वीकृतिका लागि पठाउन सफल भएका मन्त्री मोदीले आफू मन्त्री कायमै रहे सो विधेयकलाई जसरी पनि कानुनी रूप दिएरै छोड्ने बताउनुभयो । यद्यपि, सो विधेयक कहिले प्रतिनिधि सभामा पेश हुन्छ भन्नेमा चाहि अझै पनि अन्यौलता कायमै रहेको बताइन्छ ।नेपाल समाचार पत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ – अध्यक्ष नेपाल
२०८१ वैशाख १५, शनिबार
धरौटी बुझाएपछि रिहा भए दिपेश पुन
२०८१ वैशाख १४, शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
२०८१ वैशाख १४, शुक्रबार
संसद्लाई प्रभावकारी बनाए मात्र सङ्घीयता कार्यान्वयनमा सहजता : सभामुख
२०८१ वैशाख १४, शुक्रबार
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
२०८१ वैशाख १४, शुक्रबार
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
२०८१ वैशाख १४, शुक्रबार