श्रावण १८, २०८३ सोमबार August 3, 2026

‘अमध्यम’ व्याण्डको नयाँ गीत ‘बैसालु’ सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साङ्गीतिक व्याण्ड ‘अमध्यम’ले दोस्रो नयाँ गीत ‘बैसालु’को म्युजिक भिडियो ल्याएको छ । अधवन नेटवर्कले निर्माण गरेको गीतमा सुजल रानाको स्वर, सिओन जिओनको गीतार, ओम शङ्कर श्रेष्ठ र अमध्यम व्याण्डको शब्द, विजय विश्वकर्माको बेस गीतार, सेठ सुनार र कमल कार्कीको ड्रम, सन्ध्या रसाइलीको ब्याक भोकल छ ।

गीतमा साजन श्रेष्ठ र सिओन जिओनको मिक्सिङ तथा एरेन्ज, साजन श्रेष्ठको मास्टरिङ र म्युजिक हबको स्टुडियो छ ।

द नेक्स्ट लेभल प्रोडक्सन टिमले तयार पारेको भिडियोमा यशोदा क्षेत्री, अभिषेक गैरी, सबनम काफ्ले, सम्मन शर्मा, सबिना क्षेत्री, ओरियल थापा, तारा केसी, बिमा थापा मगर, अर्जुन कार्की, सोम गुरुङ, सिशान्त पाण्डे, अङ्कित राना, उत्सव मगर, निष्कल कालिराज र बब(पब द डग) फिचर्ड छन् । भिडियोमा आकाश धिमाल र रमेश रिजालको निर्देशन, आकाश धिमालको छायाङ्कन, सम्पादन र कलर, रमेश रिजालको कथा, अस्बिन केसीको कथा सिर्जना, रोबिन तामाङको आर्टिस्ट मेनेजमेन्ट र अशोक थापा प्रोडक्सन मेनेजमेन्टमा हुनुहुन्छ ।

व्याण्डमा भोकलमा सुजल राना, ड्रमरमा कमल कार्की, गितारमा सिओन जिओन र बासिस्टमा विजय विश्वकर्मा हुनुहुन्छ ।  वैकल्पिक फोक रक व्याण्डका रूपमा स्थापित व्याण्डले सन् २०२१ एल्बम ‘लक्ष्य’मा रहेको ‘चाचाहुइ’ बोलको गीतको भिडियो सार्वजनिक गरेको थियो ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया