कार्तिक १५, २०८३ आइतबार November 1, 2026

गीतकार खरेललाई ‘अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार’

रु दुई लाख राशिको सो पुरस्कार आगामी शनिबार पोखरामा आयोजना हुने पुरस्कार समारोहमा गीतकार खरेललाई समर्पण गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रसिद्ध सङ्गीतकार अम्बर गुरुङको नाममा पोखरेली युवा सांस्कृतिक परिवारद्वारा स्थापित ‘अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार’ पहिलोपटक वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरिने भएको छ ।

रु दुई लाख राशिको सो पुरस्कार आगामी शनिबार पोखरामा आयोजना हुने पुरस्कार समारोहमा गीतकार खरेललाई समर्पण गरिने पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए । ६ दशकदेखि निरन्तर गीत लेखनमा साधनारत खरेलले नेपाली सङ्गीतजगत्मा पुर्याएको विशिष्ट योगदानका लागि पुरस्कार प्रदान गर्न लागिएको उनको भनाइ छ ।

पुरस्कारमा नगदसहित ताम्रपत्र र दोसल्ला रहनेछ । साहित्य, कला र सङ्गीतको उत्थानमा क्रियाशील परिवारले नेपाली सङ्गीत क्षेत्रका शिखर व्यक्तित्व अम्बर गुरुङको स्मृति एवम् सम्मानमा गत वर्ष उक्त पुरस्कार स्थापना गरेको थियो । दिवङ्गत गुरुङ नेपाली राष्ट्रगानका सङ्गीतकार, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपतिसमेत हुन् ।

पुरस्कारको कोषमा रु २० लाख रहेको परिवारले जनाएको छ । कोष स्थापनामा विभिन्न सङ्घसंस्था र व्यक्तिले हातेमालो गरेको अध्यक्ष पौडेलले उल्लेख गरे । पुरस्कार कोषलाई बढाएर रु २५ लाख पुर्याउने लक्ष्य लिइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विप्लवबाट अलग भएको उमा भुजेल नेतृत्वको पार्टी नेपाली कम्युनिस्ट पार्टीमा मिसिँदै
२०८३ कार्तिक १५, आइतबार
लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा
२०८३ कार्तिक १५, आइतबार
NPL 2026 : Janakpur defeat Pokhara by 9 runs
२०८३ कार्तिक १५, आइतबार
‘अब देशले अस्थिरता र उथलपुथल थेग्न सक्दैन’ : पूर्वप्रधानमन्त्री भट्टराई
२०८३ कार्तिक १५, आइतबार
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार