युवा प्रेम र आकर्षणको भावानालाई समेटिएको यस गीतमा शब्द किशोर पोखरेलको रहेको छ भने संगीत सरोज पोखरेलको रहेको छ। गीतलाई देबेश राईले संगीत संयोजन गरेका हुन्।
जापानको विभिन्न रमणीय ठाउँमा छायाँकन गरिएको यस गीतको म्युजिक भिडियोमा लक्ष्मण पुन लक्स र कामना फगामी मगर बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।
गोविन्द विष्टले छायाँकन गरेको यस भिडियोलाई लक्ष्मण पुन लक्सले सम्पादन गरेका हुन् ।
मिंग्मा शेर्पा सहायक निर्देशक रहेको यस गीतको भिडियोलाई लक्ष्मण पुन लक्सको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘बेजिला फिल्म्स’को युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।
भिडियो हेर्नुहोस्ः
प्रतिक्रिया