असार १०, २०८१ सोमबार June 24, 2024

’जिन्दगीको मोडहरुमा’ बोलको म्युजिक भिडियो सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गायक सरगम राईको  सुमधुर स्वरमा सजिएको ’जिन्दगीको मोडहरुमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा स्यम सरगम राईको शब्द तथा संगीत मा गीत तयार गरिएको छ । गीतमा फडिन्द्र राईको संगीत संयोजन  गरेका हुन् । गीतमा  दिपा लामाको समेत  स्वर सुन्न सकिन्छ ।

म्युजिक भिडियोमा युवा माझँमा निकै रुचाइएका प्रयाङ्क स्टार एलिस राई र विमला खजुमको पनि अभिनय छ । भिडियो एलिस राईको  परिकल्पना र निर्देशनमा तयार पारिएको हो ।

सरगम राईको यस अगाडि ’खुशी साटौ जुनी काटौ’ ’माया गाढा छ ’, ’पाती चढाउला’,’दुई मुटु’ लगायतका गीतहरु लोकप्रिय रहेका छन । भिडियोमा निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

जिवनका विभिन्न घटना क्रमहरुलाई सिलशिलाबद्ध रुपमा देखाउन खोजिएको छ ।

दुःख पछिको सुख र नव विवाहित जोडिले जिवनमा भोग्ने गरेको जिवन सघर्षलाई गीतलाई सफल रुपमा चित्रण गरिएको छ । काठमाण्डौं र ललितपुरमा रहेका रमणिय ग्रामिण परिवेशलाई गीतमा समेटिएको छ ।

गीतलाई ’आर जि टी फिल्मस’को  युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । संकल्प भुजेलको छायाँकन, अनिल रानाको सम्पादन र एलिस राईको निर्देशनमा भिडियो तयार गरिएको हो ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, १६ जनाको मृत्यु
२०८१ असार ११, मंगलबार
मेयरले एकलौटी गरेको भन्दै बौधिमाईकी उपमेयरसहित बहुमत सदस्यद्वारा नगर अधिवेशन बहिष्कार
२०८१ असार १०, सोमबार
संसद् सचिवालयका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति
२०८१ असार १०, सोमबार
यी हुन् मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूची हेर्नुहोस्)
२०८१ असार १०, सोमबार
छानविन समितिले सहकारी पीडितलाई न्याय दिन सक्दैन : चित्र बहादुर केसी
२०८१ असार १०, सोमबार
काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक: गगन थापा
२०८१ असार १०, सोमबार
धनुषा पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा
२०८१ असार १०, सोमबार