कार्तिक १६, २०८२ आइतबार November 2, 2025

महालेखाका विज्ञले भोलिबाट काम थाल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः राजनीतिक दलको वार्षिक आयव्यय विवरणसहितको लेखा परीक्षण प्रतिवेदन जाँच गर्न खटिएका महालेखा परीक्षकको कार्यालयका विज्ञले आइतबारदेखि काम थाल्ने भएका छन्। महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण जाँच गर्न मङ्गलबार पाँच जना विज्ञ कर्मचारीको टुङ्गो लगाएको थियो।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले महालेखा परीक्षकको कार्यालयले पठाएको कर्मचारीले आइतबारदेखि आयोगमै बसेर काम थाल्ने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “विशेषज्ञ कर्मचारीलाई प्रमुख आयुक्त तथा आयुक्तको उपस्थितिमा उहाँहरूले गर्ने कार्यबारे सङ्क्षिप्त जानकारी गराइएको छ। आइतबारदेखि दलले बुझाएको लेखा परीक्षण प्रतिवेदनसहितको अन्य कागजात अध्ययन सुरु गर्ने छन्।”

दलको कागजात अध्ययन र जाँच गर्न आयोग परिसरमै कर्मचारीका लागि कार्यकक्षको व्यवस्थापन गरिएको छ। उहाँले अध्ययनका क्रममा दलले बुझाएको कागजात पुष्टि गर्ने कागजको सूची तयार गरिने बताउनुभयो। टोलीले तयार गरेको सूचीका आधारमा आयोगले सम्बन्धित दलसँग कागजात माग्ने छ।

आयोगमा दलले बुझाएको लेखा प्रतिवेदन र दलको कार्यालयमा रहेको लेखाको स्रेस्तासँग भिडाएर जाँच्ने निर्वाचन आयोगले निर्णय गरिसकेको छ। आयोगका प्रवक्ता पौडेलले लेखा परीक्षण जाँच गर्न राजनीतिक दलको कार्यालयमै पुग्न सक्ने ऐनले स्पष्ट उल्लेख नगरेको बताउनुभयो। यद्यपि विशेषज्ञ टोलीको आवश्यकता अनुसार सो सम्बन्धमा कागजात मागेरै सकिने भए दलको कार्यालय नपुग्ने नभए ऐनले छेकबार नलगाएकाले पुग्न सकिने उहाँले बताउनुभयो। गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक
२०८२ कार्तिक १६, आइतबार
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ८ दलको एकता सहमति : चुनाव चिह्न पाँचकुने ‘तारा’
२०८२ कार्तिक १६, आइतबार
महेश बस्नेतको नेतृत्वमा एमालेको ‘युथ भोलेन्टियर फोर्स’ गठनको घोषणा
२०८२ कार्तिक १६, आइतबार
राष्ट्रपति पौडेल सोमबार कतार भ्रमणमा जानुहुँदै
२०८२ कार्तिक १६, आइतबार
युक्रेनमा रहेका उत्तर कोरियाली युद्धबन्दीद्वारा दक्षिण कोरियामा बस्न अनुमति माग
२०८२ कार्तिक १६, आइतबार
मुलुक बनाउने जिम्मेवारी हामी सबैको होः प्रधानमन्त्री कार्की
२०८२ कार्तिक १६, आइतबार
पथरीशनिश्चरे गोल्डकप : आयोजक पथरी–११ सेमिफाइनमा
२०८२ कार्तिक १६, आइतबार