श्रावण १९, २०८३ मंगलबार August 4, 2026

‘रामायण’मा रणवीर र आलिया राम-सीताको भूमीकामा

फिल्म ‘रामायण’मा अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट राम र सीताको भूमिकामा देखिने पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः फिल्म निर्माता तथा निर्देशक नितेश तिवारीको प्रतिक्षित फिल्म ‘रामायण’मा अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट राम र सीताको भूमिकामा देखिने भएका छन् ।  यसअघि यो फिल्ममा सीताको चरित्रमा साउथ अभिनेत्री सई पल्लवीको नाम चर्चामा थियो । तर, अब यो चरित्रमा भने आलिया फाइनल भएकी छन् ।

फिल्ममा ‘केजीएफ’ स्टार यश रावणको चरित्रमा देखिनेछन् । निर्माताले आगामी डिसेम्बर २०२३ सम्ममा सुटिङ सुरु हुनेछ । आगामी दीपावलीमा फिल्मको घोषणा हुने निर्माण पक्षले जनाएको छ । केही साताअघि मात्र अभिनेता रणवीरले फिल्मको प्रगतिको बारेमा बुझ्न डीएनईजीको कार्यालय पुगेका थिए ।

फिल्मको प्रि-भिजुअलाइजेसनको काम पूरा भइसकेको छ । अहिले निर्माण टिमले रणवीरको रामको भूमिकाका लागि लुक टेस्ट गरिरहेको छ । रामको भूमिका लागि लुक्स फाइनल भएपछि उनी फिजिकल ट्रान्सफर्मेसनमा व्यस्त हुनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया