श्रावण १९, २०८३ मंगलबार August 4, 2026

रणवीर कपुरमाथी कंगनाकाे प्रहार, ‘लागुऔषध दुर्ब्यसनीलाई रामको भुमिका’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बलिउड अभिनेत्री कंगना रनावत र अभिनेता रणवीर कपूरबीच छत्तीसको आँकडा छ । कंगनाले रणवीरलाई निशाना बनाउन कुनै कसर बाँकी राख्दिनन् । यही क्रमलाई हालै निरन्तरता दिएकी छन् ।

केही समय अघि नितेश तिवारी र मधु मन्तेनाले निर्माण गर्ने फिल्म ‘रामायण’मा रणवीरले रामको भूमिका निभाउने चर्चा चलेको थियो । यो फिल्ममा आलिया भट्टले सीताको भूमिका निभाउँदैछिन् । कंगनाले यही कुरा प्रति इन्स्टाग्राममार्फत रणवीरलाई कटाक्ष गरेकी छन् ।

‘हालका दिनमा अर्को एक फिल्म रामायण आउँदैछ भन्ने सुन्दैछु । जहाँ एक सेतो मुसा, जो कथित रुपमा अभिनेता छ । जसलाई सूर्यको प्रकाशको आवश्यकता छ र जो उद्योगमा खराब कुरा गर्न लोकप्रिय छ । जो नारीकरणका लागि चिनिन्छ र लागुऔषध  दुर्ब्यसनी पनि हो । जसले एक फिल्ममा आफूलाई शिव बताउन असफल साबित भयो’, उनले लेखेकी छन्,‘जसलाई कसैले देखेन र यसको दोस्रो भाग पनि बनेन । अब आफूलाई राम बनाउने तयारीमा छ ।’

उनी थप अगाडी लेख्छिन, ‘जबकी एक युवा सुपरस्टार, जो आफैं बनिएका हुन् । एक पारिवारिक मान्छे हुन् र जो पारम्परिक छ । जो बाल्मिकीको व्याख्या अनुसार जसको रंग, रुप र फिचर रामसँग मिल्छ, उनी चाहिँ रावणको भूमिका निभाउँदैछन् ।

यो कस्तो किसिमको कलियुग हो । कोही पहेलो रंगको लागुऔषध  दुर्ब्यसनीले रामको भूमिका निभाउनु हुँदैन । जय श्री राम ।’ उनले अगाडि लेखेकी छन्, ‘यदि तपाईं ममाथि लक्षित गर्नुहुन्छ भने म नमरुन्जेल लक्षित गर्नेछु । म सँग निहुँ नखोजनुहोला । मबाट टाढै रहनु ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया