काठमाडौंः गायक समिर आचार्य र गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘म्वाई खाइदेउन गालामा’को भिडियो सार्वजनिक भएको छ । भिडिओमा सन्तोष सुनारको शब्द र संगीत, मोहित मुनालको एरेन्ज र श्यामस्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ छ ।
भिडिओमा सुनील क्षेत्री र कविता न्यौपाने फिचर्ड छन् । डान्सिङ फ्लेभरको गीतमा सुनील र कविता रोमान्टिक मुडमा देखिएका छन् ।
सुनील क्षेत्रीकै कोरियोग्राफी र निर्देशन रहेको भिडिओमा विकास सुवेदीको सम्पादन, अजय रेग्मीको छायांकन छ । भिडियो नेपमेलो युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
भिडियो हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया