भाद्र १, २०८३ सोमबार August 17, 2026

‘नथिङ फोन टु’ २६ असारमा सार्वजनिक हुँदै

‘नथिङ’ ले नयाँ फोन सार्वजनिक गर्ने मिति तय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पारदर्शी फोन उत्पादन गर्ने ब्रान्डका रूपमा परिचित ‘नथिङ’ ले नयाँ फोन सार्वजनिक गर्ने मिति तय गरेको छ । कम्पनीले आउँदो जुलाई ११ (असार २६) मा ‘नथिङ फोन टु’ फोन ल्याउने घोषणा गरेको हो ।

नथिङ फोन वनले विश्वबजारमा राम्रै स्थान जमाएको कम्पनीको दाबी छ । कम्पनीका संस्थापक कार्ल पेईले नथिङको पहिलो स्मार्टफोन साढे सात लाख थान बिक्री भएको जानकारी दिएका छन् । यसपटक अमेरिकी बजारमा समेत नथिङ फोन उपलब्ध हुने बताइएको छ ।

नथिङ फोन टु पहिलो संस्करणभन्दा निकै प्रिमियम रहने कम्पनीले जनाएको छ । यसमा स्न्यापड्रागन ८ प्लस जेन वन चिपसेट, ४,७०० एमएएचको ब्याट्री, १२० हर्ज रिफ्रेस रेट सहितको ६.५५ इन्चको डिस्प्ले, ५० मेगापिक्सेलमा मुख्य क्यामेरा लगायतका फिचर रहनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया