श्रावण २५, २०८३ सोमबार August 10, 2026

सामाजिक सुरक्षा भत्ता नहटाउन गृह मन्त्रालयलाई संसदिय समितिको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः संसदको महिला तथा सामाजिक समितिले सामाजिक सुरक्षा भत्ता यथावत् राख्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको ५० औं बैठकले कोरोना महामारीका बेला झन् सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन आवश्यक रहने देखिएको भन्दै यस्तो निर्देशन दिएको हो ।

पछिल्लो समय सामाजिक सुरक्षा भत्ता काटिने चर्चा चलिरहेका बेला समितिले गृह मन्त्रालयका नाममा उक्त निर्देशन दिएको हो । त्यस्तै समितिले नेपालको संविधान अनुरुप आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, एकल महिला, अपांगता भएका, बालबालिका, लोपोन्मुख जातिका नागरिकको सामाजिक सुरक्षाको अधिकार सुनिश्चिततामा भिन्नता देखिएको भनेर समितिमा गुनासो आएको भन्दै ती समुदायलाई लक्षित कामहरुको विवरण समितिमा पेश गर्न पनि सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

समितिले लैंगिक उत्तरदायी बजेट निर्माण गर्नका लागि पनि समन्वयात्मक भूमिका निर्वाह गर्न महिला बालबालिका तथा समाज कल्याण मन्त्रायलाई निर्देशन दिएको छ । बैठकले अल्पविकसित राज्यको सर्वांगीण विकासको आधार नै लैंगिक उत्तरदायी बजेट आवश्यक भएकोले आगामी आर्थिक वर्षको लागि त्यस्तो बजेट निर्माण गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्यास अभाव र महँगीप्रति कांग्रेसको आपत्ति, सरकारलाई ५ बुँदे सुझाव
२०८३ श्रावण २५, सोमबार
प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको शुभकामना सन्देश हस्तान्तरण
२०८३ श्रावण २५, सोमबार
हसिना प्रत्यर्पणमा भारतसँग बङ्गलादेशको आग्रह
२०८३ श्रावण २५, सोमबार
साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन
२०८३ श्रावण २५, सोमबार
क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल
२०८३ श्रावण २५, सोमबार
मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान
२०८३ श्रावण २५, सोमबार
सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग
२०८३ श्रावण २५, सोमबार