असोज ९, २०८३ शुक्रबार September 25, 2026

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सेल्फ क्वारेन्टाइनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सार्वजनिक भूमिकामा रहेका मानिसहरुले आफूलाई भन्दा निकटस्थलाई मध्यनजर गर्दै सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने सन्देश दिएका छन्, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले ।

पाँच दिनसम्म पुल्चोकस्थित सरकारी निवासबाट कतै ननिस्किएका ढकाल आज मंगलबारबाट मात्रै नियमित काममा फर्किने भएका छन् । सेल्फ क्वारेन्टाइनमै बसेका कारण हिजो सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकमा पनि उनी उपस्थित भएनन् ।

जनआस्थाले फोन गर्दा सुनाए, ‘मन्त्री नै क्वारेन्टाइनमा बसेन,हेलचेक्र्याई गर्यो भन्लान्, अनुशासित भएन भन्लान्, त्यसैले म त पाँच दिन क्वारेन्टाइनमा बसेँ ।’ अब कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकार ठूलो र फरक किसिमको तयारीमा जुटेको उनले सुनाए ।

प्रधानमन्त्री केपी ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै लकडाउनको नयाँ मोडालिटी आउने संकेत गर्नु र स्वास्थ्य मन्त्रीले ‘ठूलो र फरक किसिमको तयारी’ को कुरा गर्नुले बुझ्न सकिन्छ, पछिल्लो समय सरकार कोरोना संक्रमण रोक्ने मामिलामा झनै गम्भीर भएको छ ।

सोमबार साँझसम्म १ लाख ४६ हजारको आरडिटी र पिसिआर परीक्षण भइसकेको छ । पिसिआर परीक्षणमात्रै ५१ हजारको भइसकेको छ । शायद, सरकारले पिसिआर परीक्षणको रफ्तार बढाउँदैछ । जनआस्थाबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)
२०८३ असोज ९, शुक्रबार
जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री
२०८३ असोज ९, शुक्रबार
काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
२०८३ असोज ९, शुक्रबार
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक,डिजिटलु र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
२०८३ असोज ९, शुक्रबार
देशभरका सबै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
२०८३ असोज ९, शुक्रबार
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
२०८३ असोज ९, शुक्रबार
पहिरो र जलसतह बढेपछि कालीगण्डकी करिडोर अवरुद्ध
२०८३ असोज ९, शुक्रबार