असार २४, २०८२ मंगलबार July 8, 2025

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम बहुमतले पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

मङ्गलवार प्रदेश सभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको हो ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरूले राखेका सबै संशोधन प्रस्ताव अस्वीकृत गर्दै प्रदेशसभाले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

प्रदेशसभा सदस्य रमेश पौड्याल, निमा लामा, पुकार महर्जन, प्रभात तामाङ, राधा घले, रिता माझी, रिना गुरुङ र शोभा शाक्यले प्रदेशसभामा संशोधन प्रस्ताव दर्ता गराएका थिए ।प्रदेशसभा सदस्य रमेश पौड्याल र रिना गुरुङले प्रदेश सरकारले सञ्चार गृह सञ्चालन गर्ने विषयमा संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

त्यस्तै प्रदेशसभा सदस्य शोभा शाक्यले महिलाको पाठेघरको क्यान्सरको निशूल्क उपचार हुने भन्ने विषय नीति तथा कार्यक्रममा समावेश गर्न संशोधन दर्ता गराएका थिए भने प्रदेश सभा सदस्य रिता माझीले ३० वर्षभन्दा बढी उमेरका महिलाको स्तन तथा पाठेघरको हरेक वर्ष निःशुल्क परीक्षणको व्यवस्था हुने कुरा नीति तथा कार्यक्रममा समेट्न माग गर्दै संशोधन दर्ता गराएको थियो ।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेशसभा सदस्यहरूले सहभागिता जनाएका थिए । प्रदेशसभा सदस्यले छलफलका क्रममा प्रस्तुत गरेका विषयमा मुख्यमन्त्री डोरमणि पौडेलले सम्बोधन गरेका थिए।

कोरोना सङ्क्रमणको जोखिमका कारण नीति तथा कार्यक्रमको छलफललाई भने छोट्ट्याएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार