असार २४, २०८२ मंगलबार July 8, 2025

अब इन्टरनेटको दूरसेवामा ५० प्रतिशत छुट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले बजेट घोषणा गरेसँगै अब फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटमा ६.५ प्रतिशत मात्रै दूरसञ्चार सेवा शूल्क लाग्ने भएको छ।

बिहीबार अरथमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा फिक्स ब्रोडब्याण्ड इन्टरनेटमा ५० प्रतिशतसम्मको मर्मत सम्भार शूल्कमा दूरसञ्चार सेवा दस्तुर छुट दिने घोषणा गरेसँगै इन्टरनेटमा छुट हुने भएको हो।

यसअघि गतवर्षको बजेटमार्फत सरकारले टेलिफोन सेवामा ११ प्रतिशत र इन्टरनेट सेवामा शून्य रहेको दूरसञ्चार सेवा शूल्क १३ प्रतिशत पुर्‍याइएको थियो।

सरकारको यो निर्णयसँगै इन्टरनेट सेवा प्रदायक संघ (आइएसपान)ले स्वागत गरेको छ। आइएसपानका अध्‍यक्ष भोजराज भट्टले इन्टरनेट मानिसको लागि अति आवश्‍यक भइसकेकाले यसलाई सरकारले निर्णय उत्तम रहेको र यसपटक बुझेको बताएका छन ।

उनले भने, ‘ सरकारले धेरैपछि हाम्रो आवाज सुनेको छ। हामी पनि अब इन्टरनेटको मर्मतसम्भारमा शुल्क लिने छैनौ। यसको हाम्रो संघको मिटिङबाट चाडैं पारित गर्नेछौ।’

उनका अनुसार अब विद्युत प्राधिकरणले पनि लिँदै आएको पाँच गुणा शुल्‍क घटाउनु पर्ने बताएका छन। उनले भने, ‘ विद्युत प्राधिकरणले मनोमानी रुपमा लिँदै आएको शुल्कमा पनि सरकारले पुनर्विचार गरिदिए राम्रो हुनेथियो। हामी ज्याँदै मारमा परेका छौ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार