असोज ९, २०८३ शुक्रबार September 25, 2026

भारतले इपिजी प्रतिवेदन अड्काउनुको रहस्य क्रमशः खुल्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः नेपाल-भारतको प्रबृद्ध समूह (इपिजी) ले दुई देशका बीच विगतमा भएका सन्धि-सम्झौता पुनरावलोकन गर्न दिएका सुझावलाई भारतले लामो समयदेखि स्वीकार्न चाहेको थिएन । प्रतिवेदन तयार भयो,तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिवेदन बुझ्न समय नै दिनुभएन ।

सबैतिरबाट कसिँदै आउन थालेपछि लामो समयदेखि भारतले आफ्नै देशका घाघडान प्रतिनिधिहरुलेसमेत हस्ताक्षर गरेको इपिजी प्रतिवेदन बुझ्न नमान्नुको कारण अब क्रमशः छर्लङ्ग हुँदैछ ।

यसबीच,चीनसँग पनि भारतको सिमाना विवाद चर्किएको छ । शायद यस्तै चेपुवामा परेर होला,नेपालसँग वार्ता गर्न तयार भएको मनशाय हिजोदेखि हल्का स्वरमा व्यक्त हुन थालेको छ ।

विश्लेषकहरु भन्छन्, ‘अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा फेरि डोनाल्ड ट्रम्पले जितेमा भारत बाघजस्तो,हारेमा मुसोजस्तो हुने स्थिति छ ।’ जबकि, कोरोना संक्रमण व्यवस्थापनकै सन्दर्भमा पनि ट्रम्प अमेरिकाभित्रै उति लोकप्रिय छैनन् ।

यदि तथ्य प्रमाणका आधारमा वार्ता टारेरै जान खोज्यो भने नेपाल र भारतबीच सीमा विवाद हल गर्ने एकमात्र उपाय छ,आरबिट्रेशन,अर्थात् मध्यस्थताको । त्यसका लागि हेगमा अवस्थित आर्बिटेशन सेन्टरमार्फत दुई देशले तीन व्यक्ति छान्ने प्रक्रियामा जान सकिन्छ । यस्तो विधि भारत र बंगलादेशबीचको समुन्द्री सीमा विवाद (मेरी टाइम डिस्प्युट) मा अपनाइएको थियो ।

पहिला बंगादेशले हेगमा अवस्थित आर्बिट्रेशन सेन्टरसँग सरोकार राख्यो । तर,उक्त सेन्टर बंगलादेश पक्षधर भएको नाममा ३० वर्षदेखि भारतले विवाद समाधान गर्ने कुरालाई टार्दै आयो । तर, सन् २०१४ को जुलाईमा यही विधिबाट समुन्द्री सीमा विवाद हल भयो । त्यसअनुसार, २५ हजार वर्गकिलोमीटर समुन्द्री क्षेत्रफलमध्ये १९ हजार पाँच सय वर्गकिलोमीटर बंगलादेश र बाँकी रहेको भारतको भागमा परेको थियो ।- जनआस्था

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)
२०८३ असोज ९, शुक्रबार
जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री
२०८३ असोज ९, शुक्रबार
काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
२०८३ असोज ९, शुक्रबार
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक,डिजिटलु र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
२०८३ असोज ९, शुक्रबार
देशभरका सबै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
२०८३ असोज ९, शुक्रबार
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
२०८३ असोज ९, शुक्रबार
पहिरो र जलसतह बढेपछि कालीगण्डकी करिडोर अवरुद्ध
२०८३ असोज ९, शुक्रबार