असार २४, २०८२ मंगलबार July 8, 2025

स्वास्थ्य मन्त्रालयलाई कोरोनासँग लड्न ५ अर्ब निकासा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्वास्थ्य मन्त्रालयलाई चालु आर्थिक वर्ष २०७६/७७ मा मात्र ५ अर्ब रुपैयाँ निकासा भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् । सोमबार संसदमा बजेट छलफलमा उठेका प्रश्नबारे जवाफ दिँदै अर्थमन्त्रीले चालु आव भित्रै कोरोना रोकथामसँग सम्बन्धित सामाग्री खरीदमा यो रकम निकासा गरिएको जानकारी दिएका छन । यसले कोरोना परीक्षणका लागि आवश्यक सामग्रीहरुको मौज्दात रहेको समेत उनले जानकारी दिएका छन ।

आगामी आवमा सरकारले कोरोनासँग सम्बन्धित आकस्मिक प्रयोजनका लागि ६ अर्ब रुपैयाँ छुट्याइएको छ । छलफलमा भाग लिँदै सांसदहरुले ६ अर्ब कम भएको बताएका थिए ।

जवाफमा अर्थमन्त्री डा. खतिवडाले मन्त्रालयले आफ्नो नियमित बजेटबाट पनि कोरोना रोकथाममा काम गर्ने भन्दै ६ अर्ब केवल आकस्मिक अवस्थाका लागि मात्र छुट्याइएको बताएका छन ।

आगामी आवमा सरकारले कुल बजेटको करीव ६ प्रतिशत बजेट स्वास्थ्यमा विनियोजन हुनु ठूलो उपलब्ध रहेको समेत दावी गरेका छन । एकै वर्षमा १०/११ प्रतिशत बजेट छुट्याउन सम्भव नभएको बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार