काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएपछि मात्रै रकम निकाशा हुने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।
संसदमा बजेटमा उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले संसदबाट अनुमोदन नभई एमसीसी सम्बन्धी कामका लागि बजेट निकाशा नहुने स्पष्टिकरण दिएका हुन् ।
सरकारले बजेटको सम्भावित वैदेशिक अनुदान सहायता सम्बन्धी अनुसूचिमा एमसीसीको पाँच अर्ब ७३ करोड रुपैयाँ पनि समावेश गरेको छ ।
सो विषयलाई लिएर सत्तधारी नेकपा भित्रै पनि विवाद रहेको छ । नेकपाकै नेताहरुले जस्केलोबाट एमसीसी पारित गर्नका लागि बजेटमा त्यसका कार्यक्रम समावेश गरिएको भन्दै आलोचना गरेका थिए ।
सोमबार जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले एमसीसी सम्बन्धी कार्यक्रम बजेटमा पछिल्लो तीन वर्षदेखि समावेश हुँदै आएको बताएका छन । उनले थप स्पष्ट पार्दै भने, ‘एमसीसी सम्झौता सम्बन्धी विषय अहिले संसदमा विचाराधीन छ । सो अनुमोदन भएपछि मात्रै रकम निकाशा हुन्छ ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया