मंग्सिर १, २०८२ सोमबार November 17, 2025

यस्तो छ यसवर्षको दशैँको साइत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालीहरुको महानचाड बडा दशैं नजिकिएसँगै दशैको चहलपहल समेत सुरु हुनथालेको छ । दशैको चहल पहल सुरु भएसँगै दशैको साईत समेत सार्वजनिक गरिएको छ ।

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दशैँका लागि साइत सार्वजनिक गरेको छ ।समितिले सार्वजनिक गरे अनुसार यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिनबिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत रहको छ ।

यस्तै असोज३० गते मंगलबार फूलपाती भित्र्याइने छ भनेसोही दिन बिहान ९ बजेर २१ मिनेटमातुलजा भवानीको यात्रा गराइन्छ ।

समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले दिनुभएकोजानकारी अनुसार असोज ३१ गते बुधबार महाअष्टमी, कात्तिक १ गते बिहीबार महानवमी,कात्तिक २ गते शुक्रबार विजयादशमी अर्थात् दशैँको टीका परेको छ ।

विजयादशमीका दिनबिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको छ । यस्तै सोही दिन अर्थात बडा दशैको दिन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटको समय उत्तम रहेको अध्यक्ष प्रा डा गौतमले बताउनुभयो । विजयादशमीकै दिन बिहान ८.३५ मा तुलजा भवानीको यात्रा गराइन्छ ।

भवानीलाई बिहान ९ बजेर ४४ मिनेटमा स्थिर आसनमा राखिन्छ । कात्तिक ६ गते मंगलबार सबै बलि पूर्ति गरी जमरा सेलाइन्छ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि नेपालीको महान् चाड बडादशैँ समापन हुने समितिले जनाएको छ .

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अनेरास्ववियुको महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय
२०८२ मंग्सिर १, सोमबार
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड सजाय
२०८२ मंग्सिर १, सोमबार
लुम्बिनीका सभामुखद्धारा स्वकीय सचिवालय विघटन
२०८२ मंग्सिर १, सोमबार
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार