भाद्र १, २०८३ सोमबार August 17, 2026

यस्तो छ यसवर्षको दशैँको साइत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालीहरुको महानचाड बडा दशैं नजिकिएसँगै दशैको चहलपहल समेत सुरु हुनथालेको छ । दशैको चहल पहल सुरु भएसँगै दशैको साईत समेत सार्वजनिक गरिएको छ ।

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दशैँका लागि साइत सार्वजनिक गरेको छ ।समितिले सार्वजनिक गरे अनुसार यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिनबिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत रहको छ ।

यस्तै असोज३० गते मंगलबार फूलपाती भित्र्याइने छ भनेसोही दिन बिहान ९ बजेर २१ मिनेटमातुलजा भवानीको यात्रा गराइन्छ ।

समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले दिनुभएकोजानकारी अनुसार असोज ३१ गते बुधबार महाअष्टमी, कात्तिक १ गते बिहीबार महानवमी,कात्तिक २ गते शुक्रबार विजयादशमी अर्थात् दशैँको टीका परेको छ ।

विजयादशमीका दिनबिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको छ । यस्तै सोही दिन अर्थात बडा दशैको दिन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटको समय उत्तम रहेको अध्यक्ष प्रा डा गौतमले बताउनुभयो । विजयादशमीकै दिन बिहान ८.३५ मा तुलजा भवानीको यात्रा गराइन्छ ।

भवानीलाई बिहान ९ बजेर ४४ मिनेटमा स्थिर आसनमा राखिन्छ । कात्तिक ६ गते मंगलबार सबै बलि पूर्ति गरी जमरा सेलाइन्छ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि नेपालीको महान् चाड बडादशैँ समापन हुने समितिले जनाएको छ .

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
२०८३ भाद्र १, सोमबार
राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्ष सेठलाई मानार्थ महारथी दर्ज्यानी प्रदान
२०८३ भाद्र १, सोमबार
युवतीसँग होटलमा भेटिएका काभ्रेको सई माथी छानबिन सुरू
२०८३ भाद्र १, सोमबार
विश्वासको मत नलिइ बागमती मुख्यमन्त्री बानियाँले दिए राजिनामा
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठमाथि अनुसन्धान लम्बियो, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८३ भाद्र १, सोमबार
सभामुखले पहिलो पटक गरे प्रधानमन्त्रीलाई जवाफ दिन रूलिङ
२०८३ भाद्र १, सोमबार