काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले कोरोनाविरुद्धका विभिन्न कार्यक्रम संचालन गर्न नेपाललाई २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) ऋण उपलब्ध गराएको छ ।
नेपाल सरकार र एडीबीबीच सोमवार भएको ऋण सम्बन्धी सम्झौतामा अर्थसचिव शिशिर ढुंगाना र एडीबीका नेपालका लागि देशीय निर्देशक मुख्तोर खामुदखानोभले हस्ताक्षर गरेका छन । सम्झौता कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा पनि सहभागी थिए ।
सम्झौतामा हस्ताक्षर गरे पछि अर्थ सचिव ढुंगानाले कोभिड १९ विरुद्ध लड्न नेपाललाई सहयोग गरेकामा एडीबीलाई धन्यवाद दिएका छन । उक्त रकम नेपालको सार्वजनिक जनस्वास्थ्य प्रणालीलाई बलियो बनाउन, सामाजिक सुरक्षा र रोजगारी सिर्जना गर्न सहयोगी हुने बताएका छन ।
कार्यक्रममा एडीबीका कन्ट्री डिरेक्टर खामुदखानोभले चुनौतीपूर्ण समयमा नेपाललाई सघाउन एडीबी तयार रहेको भन्दै बजेटरी सहयोगका रुपमा ऋण प्रदान गरिएको जानकारी दिएका छन ।
सहयोग रकम नेपालको जनस्वास्थ सेवा विस्तार गर्न, प्रयोशालाहरुको क्षमता अभिवृद्धि गर्न र सबै प्रदेशहरुमा क्वारेन्टाइन निर्माण गर्न, प्रदेशहरुमा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न, सरुवा रोगको नियन्त्रण र उपचार गर्न, अस्पतालहरुलाई उपकरणहरुले पुर्ण बनाउन र औषधीहरुको वितरण तथा उपकरणहरुको प्रवन्ध गर्न, तथा दक्ष डाक्टर र स्वास्थ्यकर्मीहरुको प्रवन्ध गर्नका लागि प्रयोग गरिने अर्थमन्त्रालयले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया