श्रावण ३१, २०८३ आइतबार August 16, 2026

लायन्स क्लब डिष्ट्रिक्ट ३२५ के नेपालको पहिलो क्याविनेट मिटिङको तयारी पुरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालको पहिलो क्याविनेट मिटिङको सम्पूर्ण तयारी पुरा भएको छ । नेपालमा रहेका विभिन्न १५ वटा डिष्ट्रिक्टमध्य निकै नै चलायमान र प्रभावशाली मानिएको यो डिष्ट्रिक्टको बर्ष २०२३-२४ को पहिलो क्याविनेट मिटिङ भोली शनिवार राजधानी काठमाण्डौंमा हुने भएको हो ।

काठमाण्डौंको राष्ट्रियसभागृहमा हुने “District cabinet officers installation and District 1st Cabinet meeting” कार्यक्रममा डिष्ट्रिक्ट अन्तर्गतका करीव १ हजार बढी लायन्स सदस्यहरुको सहभागिता रहने आयोजकले बताएको छ ।

डिष्ट्रिक्ट ३२५ के नेपालको यस पटकको पहिलो क्यविनेट मिटिङ ऐतिहासिक हुने डिष्ट्रिक्ट गभर्नर लायन सुचित्रा थापाले बताउनुभयो । एक दिनसम्म सञ्चालन हुने क्याविनेट मिटिङमा अन्तराष्ट्रिय डाईरेक्टर लायन बालकृष्ण बुर्लाकोटी, पिडिजीहरु, क्याविनेटका सिनियर साथीहरु, क्लवका अध्यक्ष र पदाधिकारी गरी १ हजार बढी लायन्स प्रतिनिधीहरुकाे सहभागीता रहने भएको छ ।

काठमाण्डौंको मुटु भृकुटीमण्डपमा हुने मिटिङमा डिष्ट्रिक्ट अन्तर्गतका १ सय ७५ वटा क्लबबाट करिव १ हजार ३ सय भन्दा बढीको रजिष्ट्रेशन भइसकेको र त्यही अनुरुपको सम्पूर्ण तयारी पुरा भइसकेको कार्यक्रम संयोजक एवं डिस्ट्रिक ३२५ के नेपालका पि.आर.ओ.इन. चीफ समेत रहनुभएका लायन बिष्णुहरी फुयालले युगखबर अनलाइनलाइ बताउनुभयो ।

क्याविनेट बैठकलाई भब्य रुपमा सम्पन्न गर्न बिशेषगरी कार्यक्रम संयोजक पि.आर.ओ.इन. चीफ लायन बिष्णुहरी फुयाल, सह संयोजक राजुबाबु श्रेष्ठ, रजिस्ट्रेसन बागमती एरिया लायन सुस्मा कोइराला, गण्डकी एरिया रजिष्ट्रेसनका लागी लायन टिका राम सापकोटा, पर्वत एरिया रजिष्ट्रेसनको लागी लायन सरस्वती भण्डारी, बागलुङ एरिया रजिष्ट्रेसनको लागी लायन दुर्गा कुँवर तथा धादिङ एरियाको लागी लायन शेखर कार्की खट्टिनुभएको आयोजक क्लब लायन्स क्लब अफ काठमाण्डौं हेरिटेज धरहराका अध्यक्षले बताएका छन् ।

यसैगरी सम्बन्धित क्षेत्रका रिजोन, जोन तथा क्लबका अध्यक्ष, पूर्वअध्यक्षहरु एवं पदाधिकारीलाई क्याबिनेट मिटिङ मूल आयोजक समितिको सदस्यमा मनोनयन गरिएको थियो । पहिलो क्याविनेट बैंठकमा लायन्सले आगामी एक बर्षिय कार्यकालको सुरूवात देखी गरिने विभिन्न कार्यक्रमलाई दृष्टिगत गरी डिस्ट्रिक गर्भनर सुचित्रा थापाले मुख्य रुपमा अगाडी सार्नुभएको लिड टु चेन्ज तथा लायन्सको आफ्नै घर लगायतका कार्यक्रमलाई प्रभावकारी कार्यन्वयन गर्ने लक्ष्य सहित  लायनप्रेमीहरुबीच फेलोसिप कार्यक्रम रहेको क्याबिनेट सेक्रेटरी लायन शैलेन्द्र दाहालले बताउनुभयो ।

प्रत्येक तिन/तिन महिनाको अन्तरालमा बर्षभरी हुने चारवटा क्याविनेट बैंठक मध्ये काठमाण्डौंमा आयोजना भएको यो बर्षको पहिलो बैठकको  रुपमा रहेको छ ।

स्मरण रहोस लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ के मा लायन्स क्लब अफ काठमाण्डौं हेरिटेज धरहरा लगायत १५ वटा क्लब कार्यक्रमको आयोजक क्लबका रुपमा आवद्ध रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार
भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु
२०८३ श्रावण ३१, आइतबार