काठमाडौं । नेपाली कांग्रेस समर्थित नेपाल महिला संघले मुलुकभर बढ्दै गएको महिला हिंसा लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनका लागि विरोधमा ७७ वटैजिल्लामा प्रदर्शन गर्ने भएको छ ।
संघले राजधानीमा पत्रकार सम्मेलन गरी निर्मला पन्तको दोषीलाई पत्ता लगाई कारवाही गर्नुपर्ने र देशमा दिनानुदिन बढ्दै गएको महिला हिंसाकोविरोधमा असोज ७ गते देशभर विरोध गर्न लागेको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा सम्मेलनमा अध्यक्ष उमा रेग्मीले देशभर महिला हिंसा र बढ्दो महँगीको विरोधमा प्रदर्शनगर्न लागेको जानकारी दिनुभयो ।
उहाले अन्य जिल्लामा जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने र काठमाडौँ, भक्तपुर र ललितपुरको संयुक्त विरोध ¥याली निकालेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपब बुझाउने जानकारी दिनुभयो ।
अध्यक्ष रेग्मीले महिला हिंसाका दोषीलाई कारवाही गरेर पीडितलाई न्याय नदिएसम्म र महँगीनघटेसम्म महिला संघले निरन्तर आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया