असार २४, २०८२ मंगलबार July 8, 2025

असार अन्तिम साता मौद्रिक नीति ल्याउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तयारीमा जुटेको छ । असार अन्तिम सातासम्ममा सार्वजनिक गर्ने गरी मौद्रिक नीति ल्याउन राष्ट्रबैंकले तयारी गरेको हो ।

सरकारले ल्याएको बजेट कार्यान्वयनमा सहयोग पुग्ने गरी मौद्रिक नीतिको गृहकार्य शुरु गरिएको राष्ट्र बैंकका प्रवक्ता तथा आर्थिक अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टले बताएका छन् । कोरोना महामारीकाबीच आउन लागेको मौद्रिक नीतिले सबै क्षेत्रको सुझावहरु समेट्ने कोसिस गर्ने उनको भनाइ छ । भट्टका अनुसार जेठ महिनादेखि नै सुझाव संकलनको काम सुरु हुने छ ।

नेपाल सरकारको आर्थिक सल्लाहकारका रुपमा समेत रहेको राष्ट्र बैंकले हरेक वर्ष सरोकारवालाहरुको सुझावसमेत लिएर मौद्रिक नीति तर्जुमा गर्ने गरेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन तथा सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुग्ने गरी केन्द्रीय बैंकले बनाउने मौद्रिक नीतिमा सर्वसाधारणको सुझाव समेटिन्छ ।

वेबसाइटबाट सुझाव दिन आह्वान गर्नुका साथै निजी क्षेत्र, बैंकिङ, बीमा, सहकारी लगायतका सबै सरोकारवालाहरुसँग राष्ट्र बैंकले सुझाव लिने गरेको छ ।

११ महिनाको तथ्यांक समावेश गर्नुपर्ने भएका कारण असार १५ गते भन्दा पछाडि मौद्रिक नीति आउने प्रवक्ता भट्टले बताएका छन । बैंकिङ क्षेत्रमा निकै हलचल ल्याएको बिग मर्जरको विषय भने आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा नपर्ने देखिएको छ ।

निजी क्षेत्रले भने मौद्रिक नीतिबाट केही सहुलियतको अपेक्षा राखेको छ । बजेटले उद्योगी-व्यवसायीका मागहरु संवोधन गर्न नसकेको भन्दै निजी क्षेत्र मौद्रिक नीतिले संवोधन गर्ने आशमा बसेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार