काठमाण्डौः चौतर्फी दबाबपछि सरकारले कर तिर्ने म्याद असार ७ गतेसम्म बढाउन बाध्य भएको छ।
कोरोना महामारीसँग जुधिरहेको बेला दुइ महिनादेखी जारी लक डाउनको अवधिमै सरकारले जेठ २५ गतेभित्र आयकर, भ्याट लगायतका कर चुक्ता गर्न निर्देशन दिएपछि व्यवसायीहरुले तिब्र विरोध जनाएका थिए ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योगी व्यवसायीसँग छलफल गरेपछि सरकारले कर तिर्ने समयावधी थप गरेको हो। विपक्षी दल काँग्रेसले सरकारको निर्देशनको अवज्ञा गर्न आह्वान गरेपछि सरकार उक्त निर्णयबाट पछि हट्न बाध्य भएको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया