असार २४, २०८२ मंगलबार July 8, 2025

जेठ २३ बाट कोरोना बीमा गर्न नपाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बीमा समितिले कोरोना बीमा रोक्न निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । बीमा समिति र नेपाल बीमक संघबीच भएको छलफल पछि हालको लागि कोरोना बीमा रोक्न समितिले निर्देशन दिएको हो ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बीमक संघले दायित्व वहन गर्न गाह्रो हुने भन्दै बीमा समितिसंग आज बिहीबार छलफल गरेको थियो । छलफलमा समिति र संघबीच तत्कालको लागि कोरोना बीमा स्थिगित गर्ने निर्णय भएको थियो ।

बीमा समितिको निर्देशनसंगै अब भोलि जेठ २३ गतेबाट कोरोना बीमा औपचारिक रुपमा बन्द भएको हुनेछ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारी कर्मचारीहरुको निशुल्क कोरोना बीमा गर्ने र सामुहिक बीमा गर्दा लाग्ने बीमाशुल्कमा ५० प्रतिशत अनुदान व्यवस्था गरेको छ । त्यसले गर्दा दोहोरो बीमा हुने संभावना भएको र हालसम्म बिक्री भएको बीमाको दायित्व अधिक भउकोले पुनर्बीमा समेत गर्नुपर्ने भएपछि तत्कालको लागि कोरोना बीमा स्थगित गरेको समितिले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार