असार २४, २०८२ मंगलबार July 8, 2025

कोरोना बिमा पुनः सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना बिमा रोकिएको एक दिनपछि पुन: सुरु भएको छ । सरकारसँग सहमति भएपछि कोरोना बिमा पुनः सुरु भएको हो। जोखिम वहनमा सरकारले समेत सहयोग गर्ने भएपछि बिमा समितिले सो योजना पुन: सञ्चालन गर्न कम्पनीहरूलाई निर्देशन दिएको हो ।

बिमक संघका महासचिव चंकी क्षत्रीले सरकारले सपोर्ट गर्ने भएपछि बन्द गरिएको बिमा योजना पुन:सुरु गर्ने सहमति भएको जानकारी दिएका छन। कोरोना संक्रमितहरूको संख्या धेरै भएपछि बिमा कम्पनीहरूले बिहीबार कोरोना बिमा पोलिसी बन्द गर्ने घोषणा गरेका थिए ।

शुक्रबारदेखि लागुहुने गरी गरिएको सो घोषणापछि सरकारसँग वार्ता गर्दा सरकारले जोखिम वहनमा सहयोग गर्ने भनेपछि पुन: सुरु गरिएको बताइएको छ। ’दावी भुक्तानीमा सरकारले सपोर्ट गर्ने कुरा भएको छ भने नेपाल पुनर्बिमा कम्पनीले पुनर्बिमा गर्नेछ, अब पुरानै मोडलमा कोरोना बिमा हुन्छ’ महासचिव क्षत्रीले भने ।

कोरोना बिमा कार्यक्रम आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा नै समावेश कार्यक्रम हो । बजेटमा समावेश कार्यक्रम नै बन्द भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले पनि यसमा चासो दिएका थिए ।

स्रोतका अनुसार अर्थमन्त्री खतिवडाले नै सरकारले पनि दायित्व वहन गर्ने भनेपछि बिमा समितिले कोरोना बिमा पुनः सुरु गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएको हो ।
नयाँ योजना भए पनि कोभिड–१९ बिमामा सर्वसाधारणको आकर्षण देखिएको थियो । बिमा कम्पनीहरूले कोभिड–१९ को बिमा गर्न सुरु गरेको दुई महिना पनि बित्न नपाउँदै तीन लाखभन्दा बढीले बिमा गराइसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार