असोज २०, २०८३ मंगलबार October 6, 2026

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको ३२३५ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपालमा शनिबार ३२३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३२३ जना नयाँ संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार जानकारी दिए ।

नयाँ संक्रमित मध्ये २८६ जना पुरुष र ३७ महिला रहेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३२३५ पुगेको छ । उनीहरु मध्ये ३००३ जना पुरुष र २३२ जना महिला रहेका छन् ।

हालसम्म अस्पताल भर्ना भएका मध्ये ३६५ जना डिस्चार्ज भएका छन् । २९९ जना पुरुष ६६ जना महिला कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका हुन् ।

पछिल्लो चौबिस घण्टामा ३२ जना डिस्चार्ज भएका छन् । उनीहरु मध्ये २७ जना पुरुष र पाँच जना महिला रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार