भाद्र ३, २०८३ बुधबार August 19, 2026

भिभोका तीनवटा नयाँ स्मार्टफोनमा दशैं तिहार विशेष प्रि–फेस्टिभल अफर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै टेक्नोलोजी ब्रान्ड भिभोले आफ्ना तीनवटा नयाँ स्मार्टफोनहरूमा दशैं तिहार विशेष प्रि–फेस्टिभल अफर घोषणा गरेको छ ।

भिभोका अनुसार प्रि–फेस्टिभल अफरहरू सीमित स्मार्टफोनहरू–भी२७ फाइभजी, ट्रेन्डसेटिङ वाई३६ र स्टाइलिस वाई०२ मा सीमित अवधि अर्थात सेप्टेम्बर २०२३ को अन्त्यसम्म मात्र उपलब्ध हुनेछन् । यी आकर्षक अफरहरू देशभरका भिभोको रिटेल आउटलेटहरू र विभिन्न इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध रहेको छ र उपभोक्ताहरू त्यहाँ गएर यसको लाभ लिन सक्ने भिभोले जानकारी दिएको छ ।

भिभो भी २७ फाइभजी

भिभो भी२७ फाइभजीमा फ्ल्यागशीप सोनी IMX766V सेन्सर क्यामेरा रहेको छ, जसले गर्दा प्रयोगकर्ताहरूले कम प्रकाशमा पनि आकर्षक पोट्र्रेटहरू खिच्न सक्छन् । यसको ५०एमपी अटोफोकश सेल्फी क्यामेराबाट उत्कृष्ट फ्रन्ट–फेसिङ फोटोग्राफी गर्न सकिन्छ ।

साथै,  इमर्सिभ भिजुअलहरूका लागि यो स्मार्टफोनमा निकै आकर्षक १२० हर्ट्जको थ्रीडी कर्भ स्क्रिन रहेको छ जुन शक्तिशाली डाइमेन्सिटी ७२०० प्रोसेसरद्वारा संचालित छ । ८जीवी र्याम र २५६ जीवी स्टोरेजको साथ यसमा विशाल ४६०० एमएएच ब्याट्री रहेको यस स्मार्टफोनमा द्रुत चार्जिंगका लागि ६६वाट को फ्ल्यासचार्ज छ जसले सहज अनुभव सुनिश्चित गर्दछ ।

यस स्मार्टफोनमा इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर रहेको छ जसले गर्दा फोनलाई सहजै अनलक गर्न सकिन्छ साथै यसमा भएको फनटच ओइस १३ ले प्रयोगकर्ताहरूको स्मार्टफोन अनुभव वृद्धि गर्दछ । रु ५८,९९९ मूल्य रहेको यो उत्कृष्ट स्मार्टफोन अफर अवधिभरि घटेको नयाँ मूल्य रु ५६,९९९ मा उपलब्ध हुनेछ ।

वाई ३६

भिभो वाई३६ फेन्टासी फ्रेम र प्रिमियम क्रिस्टल ग्लासको साथ आकर्षक डिजाइनमा आउँछ । यसमा भएको गोल्डेन रिपल प्रोसेस र २.५डी फ्ल्याट फ्रेमले गर्दा फोनलाई आरामदायी ढंगबाट बोक्न सकिन्छ । यो स्टाइलिस स्मार्टफोनमा ४४ वाटको फ्ल्यासचार्ज र ५००० एमएएचको विशाल ब्याट्री रहेको छ जसले वृहत प्रयोगको साथसाथै कार्यक्षमता र सौन्दर्यशास्त्रको राम्रो संयोजन गरेको छ । यसमा क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ जसले स्मुद पर्फमेन्श सुनिश्चित गर्दछ । स्पष्ट तस्वीरहरू खिच्नका लागी यसमा ५० एमपी एचडी मुख्य क्यामेरा र २एमपी बोकेह क्यामेरा रहेको छ भने १६एमपी एचडी फ्रन्ट पोट्र्रेट क्यामेराको साथ उत्कृष्ट सेल्फ– पोट्र्रेटहरू मज्जाले खिच्न सकिन्छ । सिमलेस अनुभवका लागी यसमा फनटच ओएस१३ रहेको छ । यस उत्कृष्ट स्मार्टफोनको मूल्य सिमित अवधिका लागि रु. २८,९९९, बाट घटेर रु. २७,९९९ भएको छ ।

वाई ०२

भिभो वाई०२ ले २.५डी ट्रेण्डी डिजाइनको साथ कार्यक्षमता र स्टाइललाई समिश्रण गर्दै एक आकर्षक स्मार्टफोन बनाएको छ भने ६.५१ इन्च एचडी+ आई प्रोटेक्शन स्क्रिनले भिजुअल अनुभवलाई वृद्धि गर्दछ । ५००० एमएएच ब्याट्री र कुशल अक्टा–कोर प्रोसेसरको भएको यो स्मार्टफोनले उत्कृष्ट प्रयोगकर्ता अनुभव प्रदान गर्दछ । यसमा ३जीवी र्याम र ३२ जीवी इन्टरनल स्टोरेज रहेको छ जसबाट तपाइले सहज रुपमा मल्टिटास्किङ गर्नु सक्नुहुन्छ र कन्टेन्टका लागि पनि पर्याप्त स्पेश पुग्नेछ । यो स्मार्टफोनमा रहेको ५एमपी अटोफोकस फ्रन्ट क्यामेराबाट आकर्षक सेल्फी खिच्न सकिन्छ र ८एमपी रियर क्यामेरा छ । रु १३,४९९ पर्ने यो स्मार्टफोन अफर अवधिभरि सुलभ मूल्य रु १२,९९९ मा नजिकैका भिभोको रिटेल स्टोरहरूबाट खरिद गर्न सकिने भिभोले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमतीमा एमालेलाई मुख्यमन्त्री, नेकपालाई सभामुख र राप्रपालाई तीन मन्त्रालयको भागवण्डा
२०८३ भाद्र ३, बुधबार
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता
२०८३ भाद्र ३, बुधबार
दुर्गा प्रसाईंको राजनीतिक स्वार्थका कारण धर्नामा रहेका नागरिकको जीवन सङ्कटमा
२०८३ भाद्र ३, बुधबार
युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता
२०८३ भाद्र ३, बुधबार
निर्णय नमान्ने बागमतीका सांसद कारबाहीका भागीदार : लिङदेन
२०८३ भाद्र ३, बुधबार
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णय
२०८३ भाद्र ३, बुधबार
‘बालश्रमसम्बन्धी विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८३ भाद्र ३, बुधबार