असार २४, २०८२ मंगलबार July 8, 2025

आफूखुशी अन्तरराष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२५ जेठ, काठमाडौँ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुशी अन्तरराष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ ।

बन्दाबन्दीका समयमा आफूखुशी चार्टर उडान गरी बढी भाडा लिने गरेको जनाउँदै उक्त निर्देशन दिइएको हो ।

सूचना जारी गर्दै क्यानले राजदूतावास ९कूटनीतिक० आग्रहबाहेकका सबै चार्टर उडानमा रोक लगाएको हो । क्यानका एयर ट्रान्सपोट्रेशन डिभिजन प्रमुख सचितभक्त पोखरेलको हस्ताक्षर रहेको उक्त सूचनानुसार शनिबारकै मितिदेखि ट्राभल्स एजेन्सी र एयरलाइन्स कम्पनीलाई चार्टर उडानमा रोक लगाइएको हो ।

बन्दाबन्दीका समयमा नेपालमा रोकिएका विभिन्न देशले आफ्ना नागरिक स्वदेश फर्काउन चार्टर उडान गर्दै आएका छन् । गत चैत ९ गतेयता हालसम्म ११० अन्तरराष्ट्रिय चार्टर उडान भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
पछिल्लो समय एयरलाइन्स कम्पनी तथा ट्राभल्स एजेन्सीले नेपालबाट यात्रु चार्टर उडान गर्न धमाधम बुकिङ गरी बढी भाडा लिने गरेपछि क्यानले उक्त निर्दशन दिएको हो ।

कोभिड निर्देशिका

क्यानले विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडानलाई लक्ष्य गर्दै कोभिड विशेष सुरक्षा निर्देशिका कार्यान्वयनमा ल्याएको छ । पहिलो चरणमा ल्याइएको सुरक्षा निर्देशिकालाई विकसित परिस्थितिअनुसार संशोधन गर्दै जाने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार प्राधिकरणले हवाई यात्रामा जोडिने सबै सरोकार पक्षले पालना गर्नुपर्ने विषय समेटेर सुरक्षा निर्देशिका बनाएको हो ।

उक्त निर्देशिकानुसार यात्रुले टिकट र बोर्डिङ पाससँगै कोभिड १९ को स्वघोषणा पत्रसमेत भर्नुपर्नेछ । त्यसमा यात्रुले कोभिड जाँच गरे नगरेको तथा स्वास्थ्य समस्या भए नभएको जस्ता विवरण राखिएका छन् । यात्रुले जस्तै उडान कर्मचारीलाई समेत स्वघोषणाको आवश्यकता पर्नेछ । त्यस्तो घोषणापत्रमा झूटा विवरण राखेर हवाई यात्रा गरे कानूनी कारबाही भोग्नुपर्ने गरी सुरक्षा निर्देशिका बनाइएको छ ।

रुघाखोकी, १००।४ डिग्री फरेनहाइट ज्वरो, सास फेर्न कठिन हुनेलगायत समस्या भएमा यात्रुलाई जहाज चढ्ने अनुमति मिल्ने छैन । साथै ७० वर्षभन्दा माथि, गर्भवती र गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिरहेका व्यक्तिलाई समेत सम्भव भएसम्म हवाई यात्रा नगर्न क्यानले सुझाव दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार