काठमाडौं : अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बस सेवा डटकमको टिकट अबदेखि रिकुटेन भाइबरबाट समेत काट्न सकिने भएको छ ।
बस सेवा ट्राभल्स् र रिकुटेन भाइबरबीच एक कार्यक्रमकाबिच अनलाइन बस टिकट काट्न सकिने सेवा दिने बारे सुम्झौता भएको हो ।
सम्झौता पत्रमा बस सेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनाल र रिकुटेन भाइबसका तर्फबाट निर्देशक तोशिहीको ओत्सुकाले हस्ताक्षर गर्नुभयो ।
सम्झौतासँगै अबदेखि भाइबरको च्याटबक्स् मार्फत नेपालका कुनै पनि गन्तव्यको बस टिकट काट्न सकिनेछ । यात्रुहरूले भाइबरबाटै सहजै टिकट बुकिङ गर्न सक्नेछन् ।
सम्झौता कार्यक्रमममा बस सेवाका प्रमुख कार्यकारी पि.आर खनालले भन्नुभयो ‘हामीले जहिले पनि यात्रुहरुलाई सहजहुने गरि सेवा प्रदान गर्दै आएका छौँँ ।
यात्रुलाई भाइबरबाट पनि टिकट काट्न सकिने सेवाले थप सहजता ल्याउनेछ भन्ने हाम्रो विश्वास रहेको छ ।
बस सेवा नेपालको एक मात्र अनलाइन बस टिकट बिक्री गर्ने माध्यम हो । बससेवा टुर्स एण्ड ट्राभल्स् अन्तगर्तत रहेर बस सेवा डटकम नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्दै आएको छ ।
साथै बस सेवाले भारतका नयाँदिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका शहरमा समेत अनलाइन टिकट बुकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया