श्रावण १२, २०८१ शनिबार July 27, 2024

‘क्रान्तिकारी प्रेस संगठन’को संयोजकमा कमल बुढा र सहसंयोजकमा पंगेनी चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठनबीच एकता भएको छ । ललितपुरमा आयोजित एकता भेलाले संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’को पारित गरेको छ । शनिवार राति सम्पन्न भेलाबाट कमल बुढा संयोजक र नारायण पंगेनी सहसंयोजक चयन भएका छन् ।

दुवै संगठनका देशैभरबाट उपस्थित प्रतिनिधिको भेलाले ६५ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको छ । भेलाले पत्रकारको पेसागत सुरक्षाका विषयमा सशक्त आवाज उठाउने तथा नेपाल पत्रकार महासंघले पत्रकार शुद्धीकरणका नाममा पार्टीमा आस्था राखेकै आधारमा महासंघको सदस्यताबाट बञ्चित गर्ने कार्यको भण्डाफोर गर्ने लगायतका समसामयिक प्रस्ताव पारित गरेको संगठनका संयोजक कमल बुढाले जानकारी दिए । नवगठित समितिको बैठक चाँडै बसेर संगठन र सङ्घर्ष सम्बन्धी निर्णय लिइने उनले बताए ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)बीच वैशाख १८ गते पार्टी एकता भई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल घोषणा भएको थियो ।

दुई पार्टीबीच एकतापछि त्यसका जनवर्गीय तथा शुभेच्छुक संस्थाबिच एकता प्रक्रिया जारी रहेको क्रान्तिकारी कम्युनिष्ट पार्टीले जनाएको छ । यसअघि विद्यार्थी, युवा, महिला, मजदुर, बुद्धिजीवी लगायतका जनवर्गीय संगठनका एकता सम्मेलन सम्पन्न भइसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार